मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज १५ शुक्रबार
  • Friday, 14 August, 2026
२o७८ असोज १५ शुक्रबार १२:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्य र यातायात सेवा नपाएको ज्येष्ठ नागरिकको गुनासो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १५ शुक्रबार १२:५४:oo

ज्येष्ठ नागरिकले निःशुल्क उपचार सेवा र आरक्षणसहितको यातायात सेवा नपाएको गुनासो गरेका छन्। २३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग जुम्ला, ज्येष्ठ नागरिक संघ र चन्दननाथ नगरपालिकाले संयुक्त रूपमा आयोजना गरेका अन्तर्क्रिया कार्यक्रम सहभागी ज्येष्ठ नागरिकले यस्तो गुनासो गरेका हुन्।

नेपालको संविधानले व्यवस्था गरेका ज्येष्ठ नागरिकका हकहित र अधिकार कार्यान्वयनमा स्थानीय तहको कमजोरी रहेको ज्येष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तीर्थराज भारतीले बताए। कुनै कार्यालयमा जाँदा आफूहरूलाई मगन्तेजस्तो व्यवहार गर्ने गरेको अध्यक्ष भारतीले गुनासो गरे।

‘कुनै कार्यालयमा गुनासो लिएर जाँदा सम्बोधन हुने गरेको छैन। कार्यालयका प्रमुख तथा प्रतिनिधि के माग्न आयो ? किन आउँछ, जस्तो व्यवहार गर्छन्,’ उनले भने। निःशुल्क स्वास्थ्य उपचार, आरक्षण सिटसहितको यातायात सेवामा छुट, सहज बैंकिङ सेवा, स्वास्थ्य बिमालगायतका धेरै सेवामा ज्येष्ठ नागरिकलाई बन्चित गरिएको उनले बताए। 

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत धनराज शाहीले ज्येष्ठ नागरिकले यातायातमा पाउने ५० प्रतिशत छुटदेखि निःशुल्क उपचार, निःशुल्क स्वास्थ्य बिमा, सहज बैंकिङ सेवालगायतका कानुनी प्रक्रियालाई व्यवहारमा कार्यान्वयन गर्ने विषयमा सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिए।