मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १२ मंगलबार
  • Saturday, 12 July, 2025
२o७८ असोज १२ मंगलबार १o:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जघन्य अपराध मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १२ मंगलबार १o:o४:oo

जघन्य अपराध मुद्दा मिलाइदिने भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार ठगी गरेको आरोपमा पनौती नगरपालिका– ५ ढलमलेका २७ वर्षीय रमेश गिरी पक्राउ परेका छन्। 

जिल्ला अदालत काभ्रेले जघन्य अपराध मुद्दामा थुनामा परेकाहरूलाई निकालिदिन्छु भन्दै थुनामा परेकाहरूको आफन्तसँग ठगी गरेको आरोपमा गिरी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार गिरीले प्रतिवादीलाई छुटाउन पीडित, प्रहरी, वकिल र फैसला गर्ने निकायसम्म मिलाउनुपर्छ भनी झुटा आश्वासन देखाई थुनामा रहेका प्रतिवादीको आफन्तबाट ठगी गर्दै आएका थिए। 

प्रतिवादीका आफन्तलाई झुटो आश्वासन दिलाउँदै गिरीले भदौ १६ गतेदेखि हालसम्म एक लाख २० हजार रुपैयाँ असुलेको उजुरी प्राप्त भएपछि अनुसन्धानको क्रममा उनलाई असोज १० गते धुलिखेलबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी खतिवडाले जानकारी दिए।

खतिवडाका अनुसार गिरीउपर ‘मुलुकी अपराध संहिता, २०७४’ को दफा २५३ आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुरमा कारबाही हुनेछ। उनलाई जिल्ला अदालत काभ्रेबाट म्याद थप अनुमति लिई उक्त घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।