१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
कलाकार संगी श्रेष्ठ
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o६:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

क्यानभासबाटै मनको उपचार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:५४:oo

कोरोना महामारीको डरले मन अशान्त थियो । हरक्षण मनमा कुरा खेलिरहन्थ्यो । अझ लकडाउनले त वातावरण नै उकुसमुकुस बनाएको थियो । तर, त्यही उकुसमुकुस वातावरणलाई कलाकार संगी श्रेष्ठले रङ र कुचीमार्फत सिर्जनात्मक स्वरूप दिइन् । उनले लकडाउनका वेला मानिसमा उब्जेका भावना क्यानभासमा उतारेकी छन् । चित्रमार्फत आशाका फूलहरू फूलाएकी छन् । श्रेष्ठले त्यसवेला सिर्जना गरेका दुई दर्जनभन्दा बढी चित्रहरू अहिले ललितपुरको पाटनढोका चाकुपाटस्थित ‘एम क्युब ग्यालरी’ मा प्रदर्शनीमा राखिएका छन् । उनको एकल चित्रकला प्रदर्शनी ‘संवेग’ शुक्रबारदेखि सुरु भएको हो । 

बन्दाबन्दीमा विश्वभरि नै मानव समुदायको दिमाग शून्य थियो । सबैले भगवान्लाई प्रार्थना गर्‍यौँ । समय एक ठाउँमा अडिएको जस्तो महसुस भयो ! मानव जाति तमाम समस्याको घेराबन्दीमा पर्‍यो । तर, यस्तो अवस्थामा आँखा बन्द गर्नुहुँदैन, खुला राख्नुपर्छ । समस्यादेखि भाग्नु हुँदैन । सधैँ सकारात्मक सोच्ने गरौँ । अभाव, पीडा, आवेग जस्तोसुकै अवस्थामा संघर्ष गरौँ । कोसिस जारी राख्नुपर्छ, फेरि पुरानै जीवनमा फर्किइन्छ । यस्तै–यस्तै ‘थिम’का चित्र कोरेकी छन्, चित्रकार श्रेष्ठले । उनको मनलाई पनि कोरोना भाइरसले सतायो । त्यसकै प्रतिबिम्ब चित्रमा उतारेकी छन् ।

हुन त हामी कलाकार सधैँ लकडाउनमै बसेर काम गर्छाैं । तर, परिस्थिति फरक थियो, मनमा कोरोना हुँडलिएको थियो । सबै घरमै गुम्सिएर बस्नुपर्ने बाध्यता भयो । अरू वेला परिवारसँग बोल्नसमेत फुर्सद हुँदैनथ्यो ।

उनी भन्छिन्, ‘हुन त हामी कलाकार सधैँ लकडाउनमै बसेर काम गर्छाैं । तर, परिस्थिति फरक थियो, मनमा कोरोना हुँडलिएको थियो । सबै घरमै गुम्सिएर बस्नुपर्ने बाध्यता भयो । अरू वेला परिवारसँग बोल्नसमेत फुर्सद हुँदैनथ्यो ।’कोरोना महामारीले घरमा थन्किनुपर्ने अवस्था आयो । उनी भन्छिन्, ‘त्यतिवेला हरेक मानिसले आफूलाई बुझ्ने मौका पनि पाए ।’ कोरोनाले संसार नै तहसनहस बन्यो । त्यस्तो दुःख र कष्टमा पनि आशा गर्न छोड्नुहुँदैन भन्ने सन्देश उनको चित्रमा छ । आप्ठ्यारो परिस्थितिमा पनि धैर्यको मुहान टुटाउन नहुने श्रेष्ठको भनाइ छ । ‘हुन त अझै पनि संसार कोरोनामुक्त भएको छैन । तर, पुरानै जिन्दगी फर्किन कोसिस गरौँ भनेर प्रदर्शनी गरेको हो । यही कारण प्रदर्शनीको शीर्षक ‘संवेग’ राखेकी हुँ,’ उनले भनिन् । 

लकडाउनमा पनि निरन्तर सिर्जना
चित्रकार श्रेष्ठ महामारी र लकडाउनका वेला पनि सिर्जनात्मक काम नरोकिएको बताउँछिन् । तर, सिर्जना प्रदर्शन गर्ने ठाउँ नपाउँदा भने निराश बनेको उनको भनाइ छ । कलाकार श्रेष्ठले क्यानभासमा विभिन्न रङ भरिसकेकी छन् । उनको चित्रले हरेक मानिसको संवेदना बोल्छ । श्रेष्ठ तीन दशकदेखि नेपाली चित्रकलामा सक्रिय छिन् । उनको चित्रमा रङको मीठो संयोजन हुन्छ । 

ad
ad