मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १७:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पतिको कुटाइबाट पत्नीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५७:oo

पतिको कुटाइबाट कोहलपुर नगरपालिका– ३, भगरियाकी ३५ वर्षीया लक्ष्मीरूपा न्यौपानेको शनिबार राति मृत्यु भएको छ। पति प्रकाश न्यौपानेको कुटाइबाट घाइते भएकी उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। 

प्रकाशले पत्नी लक्ष्मीरूपालाई कुटपिट गरि घाइते बनाएपछि नजिकैको नालामा धकेलेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। हरेक दिन मादक पदार्थ सेवन गरी प्रकाशले पत्नीलाई कुटपिट गर्दै आएका थिए। मादक पदार्थ सेवन गरी लठ्ठिएका प्रकाशले पत्नीलाई शुक्रबार बेलुका कुटपिट गरी घाइते बनाएको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए।