१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १७:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १७:३८:oo

प्रहरीले रौतहटबाट स्रोत नखुलेको रकमसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्लाको ईशनाथ नगरपालिकास्थित प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरी टोलीले चार लाख ५१ हजार नेपाली रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा ईशनाथ– ३ औरैया घर भई भारत बस्ने २९ वर्षीय नीरजकुमार राय र औरैयाकै ७० वर्षीय रामचन्द्र राउत रहेका छन्। उनीहरू मोटरसाइकलमा सो रकमसहित भारततर्फ जाँदै गर्दा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीले उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ।

ad
ad