१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२६:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

८३४ संक्रमित थपिँदा १,२७९ निको भए, विज्ञ भन्छन्– घट्दै छ संक्रमण दर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२६:oo

बितेका २४ घन्टामा देशभर आठ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अद्यावधिक विवरणअनुसार पिसिआर विधिबाट गरिएको परीक्षणमा सात सय ३० जना र एन्टिजोन विधिबाट गरिएको परीक्षणमा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो अवधिमा आठ हजार पाँच सय ८९ जनाको पिसिआर र पाँच हजार एक सय ४७ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। सोही परीक्षणका क्रममा नयाँ संक्रमित थपिएका हुन्। आइतबार एक हजार दुई सय ७९ जना कोरोनामुक्त भएका छन्। त्यस्तै, २४ घन्टाको अवधिमा कोरोनाबाट नाैजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
 
हाल देशभर  सक्रिय संक्रमितको संख्या १९ हजारभन्दा बढी छ। पछिल्लो समय संक्रमितको संख्या घटेसँगै अस्पतालहरूमा पनि बिरामी घटेका छन्। अधिकांश अस्पतालका शय्याहरू खाली हुन थालेका छन्। भ्याक्सिनको पहुँच सबैतिर पुग्न थालेकोले संक्रमितको संख्या कम हुँदै गएको चिकित्सकहरूको भनाइ छ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना संक्रमितको संख्या क्रमशः घट्दै गइरहेको बताए। भ्याक्सिनको पहुँच र संक्रमित भएर निको हुनेको संख्या बढेकोले कोरोना महामारी नियन्त्रण गर्न सकिने अवस्थामै रहेको उनले बताए। उनका अनुसार कोरोना संक्रमणको अन्य चरणहरू देखा परे पनि गम्भीर अवस्था आउने सम्भावना छैन।  ‘अहिलेको संक्रमण दर हेर्दा कोरोना नियन्त्रण त्यति चुनौतीपूर्ण छैन। सबैले स्वास्थ्य मापदण्ड अपनाउने हो भने यसको दर अझै कम हुँदै जानेछ,’ उनले भने।