मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजा बन्छु भन्दै नारायणहिटीबाट श्रीपेच निकाल्न खोजेपछि...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५६:oo

राजा बन्छु भन्दै नारायणहिटी दरबार संग्रहालयमा रहेको पूर्वराजाको श्रीपेच चोर्न/निकाल्न खोज्ने एकजालाई प्रहरीले पक्राउ गरेको छ। रुकुम पश्चिम मुसिकोट नगरपालिका– ११ का २५ वर्षीय खेमबहादुर घर्तीलाई संग्रहालयको सुरक्षामा खटिएका सुरक्षाकर्मीले पक्राउ गरेका हुन्।

उनले श्रीपेच निकाल्न श्रीपेचलाई कभर गरिएको सीसा मुड्कीले हानेर फुटाएकाे महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ। श्रीपेच निकाल्नै लाग्दा सुरक्षाकर्मीले उनलाई रोकेका थिए। उनी दरबार संग्रहालय अवलोकनको लागि भन्दै टिकट काटेर संग्रहालय प्रवेश गरेका थिए।

संग्रहालयमा पुगेपछि श्रीपेच रहेकै कोठाबाट घर्तीले  खुकुरी निकालेका थिए। श्रीपेच निकाल्नलाई उनले हातले हानेर सिसा फुटाएको वृत्तका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए।

नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दरबार संग्रहालय घुम्ने बहानामा श्रीपेच निकाल्न ती व्यक्ति पुगेको हुन सक्ने बताए।

श्रीपेच निकाल्न खोज्ने घर्ती दुई वर्षअघि मात्रै वैदेशिक रोजगार गरी बहराइनबाट फर्किएका थिए। त्यसयता उनी नेपालमा बसेको र बेरोजगारीका कारण त्यस्तो प्रयास गरेको हुन सक्ने प्रहरीको अनुमान छ । पक्राउ परेका घर्तीलाई दरबारमार्ग प्रहरी वृत्तमा राखिएको छ।