१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संवैधानिक इजलाससम्बन्धी मुद्दा : नेपाल बार र सर्वोच्च बारले टुंग्याए एमिकस क्युरीको नाम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४३:oo

संवैधानिक इजलाससम्बन्धी मुद्दामा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले अदालतका सहयोगी (एमिकस क्युरी)को नाम टुंगो लगाएका छन्। सोमबार प्रधानन्यायाधीशविना संवैधानिक इजलासले सुनुवाइ गर्न मिल्ने या नमिल्ने विषयमा राय दिन एमिकस क्युरीको  रूपमा पठाउने वरिष्ठ अधिवक्ताहरूको नाम टुंगो लागेको हो।

न्यायाधीश हरि फुँयालको इजलासले १७ भदौमा दिएको आदेशअनुसार बारले वरिष्ठ अधिवक्ताहरू चयन गरेका हुन्। नेपाल बारकातर्फबाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ र वरिष्ठ अधिवक्ता शेरबहादुर केसीलाई पठाउने तय भएको बार स्रोतले जानकारी दिएको छ। नेपाल बारले औपचारिक निर्णय हुन बाँकी रहेको बताएकोे छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले पूर्वअध्यक्ष र अध्यक्षलाई पठाउनेबारे छलफल भए तापनि औपचारिक निर्णय भइनसकेको जानकारी दिए। 

त्यस्तै, सर्वोच्च बारबाट अध्यक्ष पूर्णमान शाक्य र वरिष्ठ अधिवक्ता रविनारायण खनाललाई एमिकसका रूपमा पठाउने तय भएको सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले जानकारी दिएका छन्। 

न्यायाधीश फुँयालको इजलासले अधिवक्ता डा. गणेश रेग्मीको रिटमाथि  सुनुवाइ गर्दै प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्ने वा नबस्ने विषयमा राय दिन सर्वोच्च  बारबाट दुई र नेपाल बारबाट दुई वरिष्ठ अधिवक्तालाई एमिकस क्युरी उपलब्ध गराउन आदेश दिएको थियो। 

गम्भीर संवैधानिक प्रश्नको निरुपणका लागि अदालतले एमिकस माग गर्न सक्ने व्यवस्था छ। तर, एमिकसको रायलाई ग्रहण गर्ने विषय भने अदालतका लागि बाध्यकारी मानिँदैन।