मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १ शुक्रबार
  • Thursday, 10 July, 2025
हेमन्त केसी जाजरकोट
२o७८ असोज १ शुक्रबार १५:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चाँदे हिमालको नदैडावमा तीर्थ गएका रावतको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १ शुक्रबार १५:५९:oo

जुनिचाँदे गाउँपालिका– १ बाट वडा ७ को चाँदे हिमालको नदैडावमा तीर्थयात्रामा गएका एकजनाको मृत्यु भएको छ। तीर्थयात्रा जाँदा हावाहुरीले हिमालमा हुत्याउँदा जुनिचाँदे– १ काब्राका औवान रावतको मृत्यु भएको छ भने लोक लोकबहादुर रावत गम्भीर बिरामी भएको गाउँपालिकाका कावा अध्यक्ष शिवा आचार्यले जानकारी दिए। 

भदौ ३० गते २५ जना गाउँले देवताको तीर्थका लागि चाँदे हिमालको नदैडावमा गएको आचार्यले बताए। अहिले मृतकको शव र बिरामीलाई तीर्थमा गएका स्थानीयले बोकेर धननाँसीमा ल्याइएको छ। बिरामीको अवस्था गम्भीर भएको खबर आएको आचार्यले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकुमार थापाले प्रहरी  पठाउने काम भएको जानकारी दिए।