Skip This
काठमाडौं महानगर क्षेत्रका विद्यालय सञ्चालनबारे निर्णय गर्न कार्यदल 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं महानगर क्षेत्रका विद्यालय सञ्चालनबारे निर्णय गर्न कार्यदल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १९:o६:oo

काठमाडौं महानगरपालिका क्षेत्रका विद्यालय सञ्चालनबारे निर्णयका लागि कार्यदल गठन भएको छ। दसैँअगाडि विद्यालय सञ्चालनमा ल्याउने – नल्याउने तथा ल्याउने अवस्थामा आवश्यक मापदण्ड बनाउन कार्यदल गठन गरिएको हो ।

बिहीबार महानगरको शिक्षा समिति, अभिभावक र सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको महानगरले जनाएको छ । महानगरका शिक्षा अधिकृत मोतीराज खनालका अनुसार महानगरका  शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो । 

‘विद्यालय सञ्चालन के कसरी र कहिलेबाट गर्ने नगर्नेबारे निर्णय लिनका लागि सात सदस्यीय समिति गठन गरिएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘असोज ४ मा समितिले बैठक बसेर यसबारे निर्णय गर्नेछ । खोल्ने अवस्थामा कस्तो मापदण्ड लागु गर्ने भन्ने मापदण्ड पनि तयार पार्नेछ।’ जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १ बाट स्थानीय तहको समन्वयमा भौतिक रूपमा विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ । यससँगै महानगरले आवश्यक निर्णयका लागि कार्यदल बनाएको हो ।
 

ad
ad