१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ३० बुधबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ३० बुधबार १७:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस निर्वाचन निर्देशिका संशोधनको मागमा संस्थापनइतर पक्षका नेताहरूको समर्थन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ३० बुधबार १७:५६:oo

कांग्रेसको निर्वाचन निर्देशिका समावेशी बनाउन माग गर्दै जारी धर्नाप्रति कांग्रेस संस्थापनइतर पक्षले ऐक्यबद्धता जनाएको छ । कांग्रेस नेताहरूले दलित कोटा कायम गर्न माग गर्दै पार्टी कार्यालयमा उपत्यका दलित संघले दिएको धर्नालाई साथ दिएका हुन् । 

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा उपत्यकाका तीन जिल्लाका दलित संघले ७ दिनदेखि धर्ना दिइरहेका छन् । धर्नालाई हालसम्म महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, मानबहादुर विश्वकर्मा, भीमसेनदास प्रधानलगायतले ऐक्यबद्धता जनाइसकेका छन् । 

धर्नामा १४औँ महाधिवेशनमा दलित प्रतिनिधिको कोटा कटौती गरिएको भन्दै निर्वाचन निर्देशिका संशोधन गर्न माग गरिरहेका छन् । दलित संघ काठमाडौंकी अध्यक्ष गंगा सुनारले उपत्यकाका तीन जिल्लासहित १८ जिल्लामा दलित महाधिवेशन प्रतिनिधि आउने अवस्था नरहेपछि चार दिनदेखि धर्ना थालिएको जानकारी दिइन् ।

‘जनसंख्याको बनोटका प्रतिनिधि आउने व्यवस्था गर्दा उपत्यकाका तीन जिल्ला, मनाङ, रसुवालगायतका जिल्लामा प्रतिनिधि खाली हुने अवस्था देखिएपछि धर्ना थालिएको उनीहरूको भनाइ छ।

'धेरै जिल्ला र प्रदेशबाट प्रतिनिधि आउने अवस्था छैन । यसअघिको महाधिवेशनमा दलित प्रतिनिधि व्यवस्था गरिएको थियो । तर, यो महाधिवेशनमा कटौती गरियो,’  उनले नयाँ पत्रिकासँग भनिन्, ‘असमावेशी निर्वाचन निर्देशिका खारेज गरी प्रतिनिधित्व सुनिश्चित नभएसम्म धर्ना निरन्तर रहन्छ।’  

धर्नामा सहभागी नेताहरूका अनुसार १४औँ महाधिवेशनमा दलित जातीय समुदायको संख्यात्मक प्रतिनिधित्व १३औँ महाधिवेशनको तुलनामा ३ प्रतिशतले घट्ने देखिएको छ।