१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
एजेन्सी मुम्बई
Invalid date format १७:२२:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

कंगनाको 'थलाइवी'ले चार दिनमा कमायो करिब पाँच करोड

Read Time : < 1 मिनेट
एजेन्सी मुम्बई
नयाँ पत्रिका मुम्बई
Invalid date format १७:२२:oo

महाराष्ट्रका अधिकांश थिएटर बन्द हुँदाहुँदै कंगना रनौत र उनको टिमको फिल्म थलाइवी सेप्टेम्बर १० मा (गत शुक्रबार) रिलिज गर्यो। फिल्मको हिन्दी भर्सनसमेत सबै स्थानमा रिलिज भएन।

यस्ता समस्याका बाबजुद फिल्मले रिलिजको चौथो दिनसम्ममा बक्स अफिसमा चार करोड ७५ लाख भारतीय रुपैयाँको व्यापार गरेको छ। तेस्रो दिनसम्ममा फिल्मको हिन्दी भर्सनले मात्र एक करोडको व्यापार गरेको बताइएको छ।

जयललिताको जीवनमा आधारित यो फिल्मलाई एएल विजयले निर्देशन गरेका हुन्। फिल्ममा कंगनासहित प्रकाश राज, जिसु सेन गुप्तालगायत मुख्य भूमिकामा छन्।