१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २८ सोमबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २८ सोमबार १३:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अब कहिल्यै नफुट्ने राप्रपा अध्यक्ष थापाको प्रतिज्ञा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २८ सोमबार १३:१३:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने प्रतिज्ञा गरेका छन्। राप्रपा जिल्ला कार्यसमिति, भक्तपुरले सोमबार आयोजना गरेको कार्यक्रममा थापाले कम्युनिस्ट र नेपाली कांग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको भन्दै राप्रपा अब कहिल्यै नफुट्ने बताए।

‘हामी राप्रपालाई कहिल्यै नफुटाउने र फुट्न नदिने अठोटका साथ अघि बढेका छौँ। कम्युनिस्ट र कांग्रेसभन्दा फरक पहिचान बनाउन लागि परेका छौँ,' थापाले भने। उनले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई व्यक्ति नभइ विचार र नेताको पछि नभइ नीतिको पछि लाग्न आग्रह गर्दै नयाँ विधानअनुसार महाधिवेशन गर्न लागेको बताए।

उनले भने, ‘हाम्रो पार्टीको केन्द्रीय महाधिवेशन आगामी २०७८, कात्तिक २७ गतेदेखि काठमाडौंमा हुँदै छ। पार्टीको महाधिवेशन नयाँ विधानअनुसार गरिनेछ। पहिलेको जस्तो जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमितिले खल्तीबाट झिकेर महाधिवेशनको प्रतिनिधि पठाउन सक्ने व्यवस्था अब छैन।’