१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २५ शुक्रबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २५ शुक्रबार १२:२६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘नेसनल बक्स अफिस तिज अवार्ड २०७८’ सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २५ शुक्रबार १२:२६:oo

नेसनल बक्स अफिस तिज अवार्ड २०७८ सम्पन्न भएको छ। बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा आर्थिक वर्ष ०७७/७८ मा रेकर्डिङ  भई भिडियो निर्माण गरी सार्वजनिक भएका तिज गीत–संगीतलाई समेट्दै कुल ४१ विधामा अवार्ड वितरण गरिएको छ।

चलचित्र विकास बोर्ड चाबहिलमा सम्पन्न कार्यक्रममा वर्षको उत्कृष्ट तिज भिडियोको चरित्र अभिनेतामा वरिष्ठ कलाकार रामचन्द्र अधिकारी र वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीलाई प्रदान गरिएको छ।

वर्षको सर्वोत्कृष्ट मोडलमा करिश्मा ढकाल  र रामजी खाण तथा उत्कृष्ट तिज गीत गायिकाको अवार्ड वरिष्ठ गायिका शर्मीला गुरुङले हात पारेकी छिन्। यसैगरी, वर्षको उत्कृष्ट तिज म्युजिक भिडियो निर्देशनमा वरिष्ठ नृत्य निर्देशक गोविन्द राईले बाजी मार्न सफल भए भने उत्कृष्ट तिज गीतको अवार्ड ‘चरी जेलैमा’ले जित्यो।

यसैगरी, वर्षको तिज नारी सम्मानमा वरिष्ठ नायिका करिश्मा मानन्धर, दीपाश्री निरौला, पुरुष कलाकारतर्फ तिज म्युजिक भिडियो ‘सम्झिने पानी छम्किने’बाट अभिनेता भुवन केसीलाई सम्मानित गरिएको छ।