१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
डा. बेदुराम भुसाल, नेकपा एस नेता
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:oo:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमालेको दबाब र घेराबन्दीका बाबजुद पनि राम्रै संख्यामा सनाखत भयो  : डा. बेदुराम भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:oo:oo

नयाँ पार्टीमा जानका लागि मंगलबारसम्म समय थियो, तपाईंहरूको पक्षमा केन्द्रदेखि जिल्लासम्म कस्तो रह्यो अवस्था ?
अन्तिम विवरण त आइसकेको छैन । तर, राजनीतिक हिसाबले राम्रै अवस्था  देखिएको छ । अर्को पक्षले अन्त्यन्तै धेरै दबाब दिएको थियो । कतिपय ठाउँमा अपहरण र घेराबन्दी पनि भए । त्यसका बाबजुद पनि राम्रै संख्यामा साथीहरूले सनाखत गर्नुभएको छ ।

यकिन विवरण कहिलेसम्म आउँछ ?
अब दुई दिनजति लाग्न सक्छ ।

तर, तपाईंहरूले अपेक्षा गरेजति जनप्रतिनिधि त नयाँ पार्टीमा सामेल भएको देखिएन नि ?
प्रदेश तहमा अपेक्षा गरेअनुसार नै सनाखत गर्नुभएको छ । हामीसँगका साथीहरूले अन्तिममा छाडेर गएका कारण असर पर्ला भन्ने त आशंका नै थियो । तर, जति भयो, त्यसलाई हेर्दा खास असर परेनछ भन्ने नै हो । 

जति अनुमान गर्नुभएको थियो, त्योभन्दा कम जनप्रतिनिधि नयाँ पार्टीमा खुलेको संकेत गर्नुभयो, क्षतिपूर्तिको योजना के छ ?
जनप्रतिनिधि जति लाग्नुपर्ने हो, त्यति लाग्नुभएन भन्ने निष्कर्ष पनि निकाल्नुहुँदैन । किनभने जुन ढंगको एक प्रकारको हमला, नियन्त्रण थियो, भ्रममा पार्ने कोसिस थियो, त्यसलाई पनि चिर्दै साथीहरूले जुन हिसाबले सनाखत गर्नुभएको छ, त्यसरी हेर्दा जति हुनुपथ्र्यो, त्यति भएन भन्ने निष्कर्ष निकालिहाल्नुपर्ने अवस्था होइन । जनप्रतिनिधिले मात्र संगठन बन्ने पनि होइन । संगठनको शक्ति त जनप्रतिनिधिभन्दा बाहिर नै धेरै ठूलो छ । पछिल्लो कालमा हामीले गठन गरेका थुप्रै जिल्ला कमिटीहरूले सीधै घोषणा गरेर समायोजित भएको घोषणा गरेका छन् ।

२ जेठअघि तपाईंहरूको समूहमा कम्तीमा निर्वाचित ३८ जिल्ला अध्यक्ष रहेको चर्चा हुँदै आएको थियो, अहिले उहाँहरूमध्ये कति खुल्नुभएको छ ?
अहिले ठ्याक्कै संख्या त भन्न सकिँदैन, तर त्यसमा आधाजति साथी खुलिसक्नुभएको छ ।