१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २१ सोमबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २१ सोमबार १५:३८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बेलायती महारानी एलिजाबेथले राजा वीरेन्द्रलाई उपहार दिएको त्यो बग्गी (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २१ सोमबार १५:३८:oo

बेलायती महारानी एलिजाबेथले तत्कालीन राजा वीरेन्द्र शाहलाई उपहारस्वरूप दिएको गोल्डेन बग्गी आज सोमबारदेखि नारायणहिटी दरबार संग्रहालयमा राखिएको छ। राजाले प्रयोग गर्न छाडेपछि उक्त बग्गी नेपाली सेनाले क्यावलरीमा राखेको थियो। लामो समय सेनाले राखेको उक्त बग्गी सरकारले सर्वसाधारणले हेर्न पाउने गरी संग्रहालयमा राखेको हो।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले दरबार संग्रहालयमा राखिएको बग्गीको उद्घाटन गरेका थिए। संग्रहालयमा राखिएको उक्त बग्गीलाई एक कोठामा राखिएको छ।

हनुमानढोका संग्रहालयका सूचना अधिकारी बुद्धि गुरुङले ०३१ सालमा राजा वीरेन्द्र सोही बग्गी चढेर हनुमानढोका हुँदै नारायणहिटीसम्म पुगेको बताए। त्यतिवेला नै बेलायती महारानी एलिजाबेथले सो बग्गी राजा वीरेन्द्रलाई उपहार दिएकी थिइन्। बग्गीबारे अन्य विवरण थाहा नभएको सूचना अधिकारी गुरुङले बताए। उनले भने, ‘०३१ सालतिर बेलायती महारानीले बग्गी उपहार दिएकी हुन्। केही समय राजा वीरेन्द्रले प्रयोग गरेका थिए। राजाको मृत्युपछि बग्गी सेनाले राखेको थियो।’