मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २१ सोमबार
  • Friday, 14 August, 2026
२o७८ भदौ २१ सोमबार १२:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोबाट खसेको ढुंगा घरमा लाग्दा एक बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २१ सोमबार १२:३८:oo

जाजरकोटको नलगाड नगरपालिका– ५ ढारसिर्केमा पहिरोबाट खसेको ढुंगा घरमा लाग्दा एक बालकको मृत्यु भएको छ। गएरातिदेखि भएको अविरल वर्षाका कारण पहिरोबाट खसेको ढुंगाले लाग्दा गोरखबहादुर खड्काका १० वर्षीय छोरा प्रचण्डको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान ३ बजेतिर ढुंगा खसेर घरमा लागेको जनाइएको छ। घटनामा ४६ वर्षीय गोरखबहादुर र उनकी श्रीमती ३५ वर्षीया शिला खड्का घाइते भएका छन्। घाइते दुवैको उपचार भइरहेको छ।