१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format ११:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२३ गते सुरु हुने अधिवेशनमा नयाँ बजेट आउँछ : महरा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३३:oo

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको भदौ २३ गते सुरु हुने अधिवेशनबाट नयाँ बजेट आउने बताएका छन्। सोमबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महराले यही अधिवेशनाबट नयाँ बजेट ल्याउने तयारी भएको बताए।

‘२३ गते अधिवेशन छ। यही अधिवेशनबाट नयाँ बजेट आउँदै छ,’ उनले भने, ‘नयाँ बजेटको तयारी हुँदै छ। नयाँ बजेटमा अस्पताललाई के गर्न सक्छौँ, सल्लाह–सुझाब दिनुहोस्। भौतिक सुधार, जनशक्ति व्यवस्थापनमा के गर्न सकिन्छ, म तयार छु।’

साथै, उनले लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन नसक्दा प्रभावकारी रूपमा काम नभएको उल्लेख गरे। ‘अहिले मुलुकमा अर्को परिस्थित आएको छ। तर, अहिले पनि जटिल छ। अहिले पाँच दलको गठबन्धनबाट सरकार बनेको छ,’ उनले भने, ‘तर, मन्त्रिपरिषद् विस्तार नहुँदा फुल फेजमा काम गर्न सकिएको छैन। २३ गतेपछि अगाडि बढ्ला !’

दाङबाट निर्वाचित सांसदसमेत रहेका महराले स्वास्थ्य क्षेत्रमा राज्यले पूरै दायित्व बहन गर्ने सक्ने अवस्था नरहेको भन्दै राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि भएको दुर्व्यवहारको भर्त्सना गरे।