१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
दीपक अधिकारी काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

६ महिनादेखि बिएन्डसीमा बन्धक दम्पती, पत्रकार सम्मेलन गरेर बोली फेर्न लगायो

Read Time : > 1 मिनेट
दीपक अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:o५:oo

दुई दिनअगाडि पीडितका भाइले विज्ञप्ति नै तयार गरेका थिए बन्धक बनाइयो भनेर

दुर्घटनामा घाइते झापाको शिवसताक्षी – २ का यामबहादुर श्रेष्ठ (३९) र पत्नी सनम दुर्गा प्रसाईंको झापास्थित बिएन्डसी अस्पतालमा 

उपचार गरेको पैसा बुझाउन नसक्दा चार महिनादेखि झापाको बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजमा रहेका यामबहादुर श्रेष्ठ र उनकी श्रीमती सनमले बन्धकमा नपरेको भन्दै बोली फेरेका छन् । बिहीबार अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीको नेतृत्वमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित गराइएका श्रेष्ठदम्पतीले ट्रक साहुलाई दबाब दिन अस्पतालसँगको सल्लाहमै बसेको बताएका छन् । 

जब कि मंगलबार यामबहादुरका भाई ख्यामबहादुरले पत्रकारलाई एक हस्तलिखित विज्ञप्ति वितरण गर्दै उपचार खर्च तिर्न नसक्दा दाजु–भाउजू अस्पतालमै बन्धक बन्नुपरेको बताएका थिए । ‘प्रमुख जिल्ला अधिकारीज्यूसमक्ष समस्या राख्दा पीडितहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्ने आश्वासन पटक–पटक पाए पनि कानुनी अड्चनको कारण देखाई प्रजिअज्यूबाट तत्काल निकास नआएका कारण पीडित दम्पती अस्पतालको बिल भुक्तानी नभएका कारण बन्धकको रूपमा हस्पिटलको जनरल वार्डमा हुनुहुन्छ,’ उनले बाँडेको विज्ञप्तिमा लेखिएको छ, ‘कोरोना महामारीबीच महिनौँदेखि तनावग्रस्त अवस्थामा बस्न बाध्य बनाइएको हुँदा घर जाने वातावरण बनाइदिनुहुन पत्रकार महानुभावमार्फत मानव अधिकारकर्मी, नागरिक समाजसमक्ष हार्दिक अपिल गर्दछु ।’

सोही दिन अस्पतालमै नयाँ पत्रिकासँग कुरा गर्दै यामबहादुरले उपचार सकिएको चार महिनासम्म अस्पतालबाट निस्किन नपाउँदा डिप्रेसनमै जान लागेको बताएका थिए । त्यस्तै, यामबहादुरकी आमा देवीमायाले पनि छोरालाई अनाहकमा घर जान नदिइएको भन्दै बिलौना गरेकी थिइन् । ‘छोराले घर जान पाऊँ भन्छ । घरमा फोन गरेर मलाई ननिकाल्ने आमा, म घर आउन नपाउनू भन्छ । यतिकै कुहिएर बस्नु भन्छ,’ उनले बिलौना गरेकी थिइन् । उनीहरूको गुनासोका आधारमा बिहीबार नयाँ पत्रिकामा ‘ट्रकले ठक्कर दियो, बिएन्डसीले बन्धक बनायो’ शीर्षकमा समाचार छापिएको थियो । 

गत १९ फागुनमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुरुङ्गामा भएको दुर्घटनामा शिवसताक्षी– २ का श्रेष्ठदम्पती घाइते भएको थियो । रिजाल ग्यास उद्योगको ट्रकले उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । यामबहादुरको दायाँ खुट्टा नै गुमेको छ भने सनमको दायाँ खुट्टामा स्टिल लगाइएको छ । वैशाख अन्तिम सातामै उपचार सकिएका उनीहरूको बिल ४२ को उठेको थियो । परिवारका सदस्यले जेनतेन १२ लाख तिरे पनि ३० लाख तिर्न नसक्दा उनीहरू अस्पतालमै छन् । ट्रकका साहु नवीन रिजालले ट्रकको गल्ती नभएको भन्दै तिर्न मानेका छैनन् । 

पत्रकार सम्मेलनमा अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले भने कानुनी प्रक्रिया नटुंगिएका कारण श्रेष्ठदम्पती सल्लाहमै अस्पतालमा बसेको दाबी गरे । ‘कानुनी प्रक्रिया टुंगिएको छैन । ट्रकवालाले पैसा दिँदैन भनेर उहाँहरू सल्लाहमै अस्पताल बस्नुभएको हो । उहाँहरूलाई खानासमेत अस्पतालले नै खुवाएको छ,’ गिरीले भने । 

बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईं भन्छन्–मन लागेका मान्छेको उपचार खर्च बेहोर्छु, सबैको किन तिर्ने ?
विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल थापा कोरोना लागेर अस्पतालमा उपचाररत छँदा बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईंले सबै उपचार खर्च आफ्नो मेडिकल कलेजले बेहोर्ने घोषणा गरेका थिए । तर, त्यही मेडिकल कलेजमा एक विपन्न श्रेष्ठदम्पती उपचार खर्च तिर्न नसकेर चार महिनादेखि अस्पतालमै बस्नुपरेको भन्ने समाचारप्रति प्रसाईंले पनि आपत्ति जनाएका छन् । 

‘उनीहरूलाई ट्रकले पैसा नदिएको हो । अस्पतालले बन्दी बनाएको होइन । दबाई गर्ने, पैसो नतिर्ने ?’ उनले नयाँ पत्रिकासँग भने, ‘उज्ज्वल थापाको उपचार गर्छु भन्यो रे ! गर्छु त, मन लागेको मान्छेको उपचार गर्छु । सबैको किन गर्ने ? त्यो मेरो पर्सनल कुरा हो ।’ 

ad
ad