१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o८:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

डिसिसिएमसीको अनुमति लिएर मात्र विद्यालय सञ्चालन गर्न पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:३३:oo

उपत्यकामा भौतिक रूपमा विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । स्मार्ट लकडाउनका प्रावधानभित्र रहेर विद्यालय सञ्चालन गर्न सक्ने अवस्था देखिएमा स्थानीय तहहरूले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरी अनुमति पाएमा मात्र सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले बुधबार आदेश जारी गरी स्थानीय तहको सिफारिसमा जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको अनुमति भएमा सम्बन्धित स्थानीय तहको निर्णय तथा सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गरी विद्यालयहरू सञ्चालन हुन पाउने उल्लेख गरेका छन् । 

काठमाडौं उपत्यकाभित्रकै गोकर्णेश्वर नगरपालिकाले नगरभित्रका विद्यालय खोल्ने निर्णय गरिसकेको थियो । अब भने डिसिएमसीको अनुमति लिएर मात्र शैक्षिक संस्था सञ्चालन गर्न पाउनेछन् । उपत्यकाबाहिरका कोभिड संक्रमणको जोखिम कम भएका जिल्लाका स्थानीय तहमा भने भौतिक रूपमै कक्षा सञ्चालन भइरहेका छन् । 

ad
ad