मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दक्षिण अफ्रिकामा भेटियो कोरोना भाइरसको नयाँ भेरियन्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४६:oo

कोरोना महामारीका लागि जिम्मेवार मानिएको सार्स–कोभ–२ भाइरसको नयाँ भेरिएन्ट भेटिएको छ। यो भाइरस पहिलोपटक दक्षिण अफ्रिकामा गत मे महिनामा देखिएको यहाँको सरुवा रोगसम्बन्धी राष्ट्रिय संस्थान (एनआइसिडी)लाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यो भाइरस हाल चीन, कंगो, मौरीसस, बेलायत, न्युजिल्यान्ड, पोर्चुगल र स्विजरल्यान्डमा पनि भेटिएको छ। वैज्ञानिकहरूले यो भाइरसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’भित्र पर्न सक्ने बताएका छन्। विश्व स्वास्थ्य संगठनले अधिक संक्रमण र गम्भीर लक्षण देखाउने तथा उपचारको प्रभाव कम पर्ने भाइरसलाई  ‘भेरियन्ट अफ इन्ट्रेस्ट’मा वर्गीकरण गरेको छ।

अध्ययनअनुसार दक्षिण अफ्रिकामा हरेक महिना नयाँ भेरियन्ट (सी–१.२)को जिनोम संख्या तीव्र रूपमा बढेको पाइएको छ। मे महिनामा ०.२ प्रतिशत रहेको जिनोम संख्या जुनमा १.६ र जुलाईमा २ प्रतिशत पुगेको छ।

अल्फा वा बिटा भेरियन्ट संक्रमण भएर एन्टिबडी निर्माण भएका व्यक्तिमा समेत यो भेरियन्टले सहजै आक्रमण गर्नसक्ने दैनिक भास्करले जनाएको छ। हालसम्म पत्ता लागेका कोरोना भाइरसको भेरियन्टमध्ये यो भेरियन्टमा अधिक म्युटेसन भएको अध्ययनकर्ताहरूले बताएका छन्।