१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख २३ आइतबार १८:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ का मुख्यमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १८:३५:oo

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले शुक्रबार दुईजना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार अपराह्न माधव समूहबाट आएका तेह्रथुमका सांसद लछुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातारण र ताप्लेजुङका सांसद बलबहादुर सम्सोहाङलाई सामाजिक विकासमन्त्रीमा नियक्त गरेका हुन् । 

शुक्रबार नियुक्त भएका दुईजना मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पद तथा गोपनीयताको शपथग्रहण गराए । दुवै मन्त्रीले शुक्रबारै मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । आन्तरिक मामिला तथा कानुन, अर्थ मामिला तथा योजना, कृषि, भूमि तथा सहकारी र भौतिक मन्त्रालय अझै मुख्यमन्त्री आचार्यकै जिम्मेवारीमा छ ।  विश्वासको मत पाउनका लागि बढीभन्दा बढी माधव समूहका सांसदहरूलाई मन्त्री बनाउने योजना रहेकाले बाँकी मन्त्रीहरू चाँडै नियक्त हुन नसकेका हुन् । 

बिहीबार साढे तीन वर्षदेखि बहाल रहेका शेरधन राईले राजीनामा दिएपछि तुरुन्तै भीमप्रसाद आचार्य प्रदेश १ को दोस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । पहिले एमाले माधव समूहमा रहेका आचार्य पछिल्लो समय मध्यमार्गी धारमा बसेर एमालेमा विलीन भएका हुन् । 

ad
ad