१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
एजेन्सी काबुल
२o८१ जेठ ८ मंगलबार ११:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

काबुल विमानस्थलमा हमलाको अर्को चेतावनी, सुरक्षित रहन आग्रह

Read Time : < 1 मिनेट
एजेन्सी काबुल
नयाँ पत्रिका काबुल
२o८१ जेठ ८ मंगलबार ११:१८:oo

अफगानिस्तानको काबुल विमानस्थलमा आतंकवादी हमला हुन सक्ने भन्दै पुनः चेतावनी जारी गरिएको छ। अमेरिका, बेलायत र अस्ट्रेलियाले बुधबार अबेर गरी विमानस्थलमा आाक्रमण हुन सक्ने भन्दै सुरक्षित रहन सचेत गराएका हुन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)बाट आक्रमणको खतरा रहेको बताएकाे भोलिपल्ट पुनः यस्तो चेतावनी दिइएको हो। यसअघि पनि अमेरिका, जर्मनी र स्विजरल्यान्डलगायतका देशले आइएसबाट हमलाको खतरा रहेको बताएका थिए। यद्यपि, यसपटक पनि उनीहरूले थप जानकारी भने दिएका छैनन् ।

तालिवानको नियन्त्रणमा रहेको काबुल विमानस्थलबाट हालसम्म ८२ हजारभन्दा धेरैलाई अन्य मुलुक पुर्‍याइएको छ। पछिल्लो २४ घन्टामा मात्र करिब १९ हजारको उद्धार गरिएको अमेरिकी विदेशमन्त्री एन्टोनि ब्लिंकनले जनाएका छन्।

अमेरिकी गुप्तचर निकाय सिआइए र अमेरिकी सेना अफगानिस्तानबाट आफ्ना नागरिकहरूको उद्धार गर्न गुप्त अभियान सञ्चालन गरिरहेका अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै वालस्ट्रिट जर्नलले उल्लेख गरेको छ। पेन्टागनका अनुसार करिब १० हजार अमेरिकी अझै काबुलस्थित विमानस्थलमा उद्धारको प्रतीक्षामा छन्।

ad
ad