मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ ८ मंगलबार
  • Monday, 14 July, 2025
२o७८ भदौ ८ मंगलबार १६:४o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नयाँ सरकार गठनबारे छलफलमा तालिवानी नेता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ८ मंगलबार १६:४o:oo

तालिवान समूहले यहाँको शासनसत्ता हातमा लिएपछि नयाँ सरकार गठनबारे छलफल गरिरहेकाे बताइएको छ। तालिवानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि गत शनिबार नै राजधानी काबुल पुगेका छन्।

अफगानी अधिकारीलाई उद्धृत गर्दै यहाँका स्थानीय सञ्चारमाध्यमले तालिवान नयाँ सरकार गठनका लागि आवश्यक परामर्शमा लागेको बताएका छन्। गनी बरादर तालिवानका प्रभावशाली नेताका रूपमा चिनिन्छन् । उनले नै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा यसअघिको शान्तिवार्ताका क्रममा तयार गरेको सम्झौतामा हस्ताक्षर गरेका थिए।
    
यतिवेला विश्व समुदायले नै अफगानिस्तानमा गठन हुने तालिवानको सरकार कस्तो हुन्छ भन्नेबारेमा निकै चासोका साथ हेरेका छन्। उता तालिवानले भने अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने बताइरहेको छ। तालिवानको यो भनाइप्रति विश्व समुदाय भने विश्वस्त हुनसकेको छैन। यसै कारण पनि तालिवानीहरू जतिसक्दो छिटो सरकार गठन गर्न लागिपरेका बताइएको छ।
    
बरादरबाहेक कट्टरवादी धारका हक्कानी नेटवर्कका नेता खलिल हक्कानी पनि यतिवेला काबुलमा छन्। उनको नाम अमेरिका र संयुक्त राष्ट्रसंघको फरार आतंकवादीको सूचीमा छ । अघिल्लो हप्ता अफगानिस्तानलाई तालिवानले कब्जा गरेपछि अफगानिस्तानबाहिर रहेका उच्च तालिवान नेता स्वदेश फर्किन थालेका छन्। रासस