सन् १९२६ : नाटककार जर्ज बनार्ड शाले सन् १९२५ को साहित्य विधाको नोबेल पुस्कार स्वीकार गरे । तथापि, पुरस्कार राशीलाई भने ‘किनारा पुगिसकेको पौडीबाजलाई फालिएको सहारा’ भन्दै अस्वीकार गरिदिए ।
सन् १६२६ : १२० वर्षदेखि बनिरहेको भ्याटिकन सिटीमा सेन्ट पिटर्स ब्यासिलिकाको शुभारम्भ भएसँगै यो विश्वको सबैभन्दा ठुलो चर्च बन्यो ।
सन् १८७२ : महिलाले पनि मताधिकार पाउनुपर्ने माग गर्ने अमेरिकी अभियन्ता सुसन बी. एन्थोनी त्यस वर्षको राष्ट्रपतीय निर्वाचनमा मत हाल्दै गर्दा पक्राउ परिन् । पछि उनलाई सय डलर जरिवाना तिराइयो ।
सन् १९२८ : स्टिमबोट विली नामक छोटो फिल्ममा पहिलोपटक चर्चित कार्टुन चरित्र मिक्की माउस देखियो ।
सन् १९७६ : स्पेनको संसद्ले राजनीतिक सुधार विधेयक पारित गरेसँगै जनरल फ्रान्सिस फ्रान्कोको ३६ वर्षे लामो तानाशाही शासन अन्त्य र संवैधानिक प्रजातन्त्रतर्फको संक्रमण सुरु भयो ।
सन् १९७८ : गुयानामा ‘पिपुल्स टेम्पल’ नामक धार्मिक पन्थका प्रमुख जिम जोन्सको आग्रहमा टेम्पलसँग आवद्ध ९०० सदस्यले सामूहिक आत्महत्या गरे ।
सन् १९९३ : एक्काइस राजनीतिक दलहरूले दक्षिण अफ्रिकाको नयाँ संविधान अनुमोदन गरे । संविधानले मतदाताको अधिकार सुनिश्चित गर्नुका साथै देशको गोरा अल्पसंख्यकको शासन अन्त्य गर्यो ।