१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
एजेन्सी
२०७८ भदौ ३ बिहीबार १८:१३:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

अक्षयको ‘बेलबटम’लाई सकारात्मक प्रतिक्रिया

Read Time : < 1 मिनेट
एजेन्सी
२०७८ भदौ ३ बिहीबार १८:१३:००

बलिउड स्टार अक्षय कुमार अभिनीत चलचित्र ‘बेलबटम’ बिहीबारदेखि थिएटरमा रिलिज भएको छ। कोभिड– १९ महामारीपछि विश्व चलचित्रका स्टार कलाकारहरू डिजिटल प्लेटफर्ममा सरिरहँदा अक्षयको चलचित्र थिएटरमा नै रिलिज गरिएको हो।

चलचित्रले समीक्षक तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। चलचित्र निकै राम्रो रहेको भन्दै अभिनेता अजय देवगणले अक्षयलाई बधाई दिएका छन्।

अहिलेको कठिन परिस्थितिमा पनि थिएटरमा चलचित्र रिलिज गरेर उनले सराहनीय कदम चालेको अजयले प्रतिक्रिया दिएका छन् । उनको यो कदमले अन्य निर्मातालाई पनि थिएटर रिलिजमा विश्वास जगाएको भन्दै उनले प्रशंसा गरेका छन्।