मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ७ आइतबार
  • Sunday, 24 October, 2021
२०७८ भदौ ३ बिहीबार १७:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुद्धको मूर्तिसहित पाँचजना पक्राउ

Read Time : < 1 मिनेट
२०७८ भदौ ३ बिहीबार १७:४१:००

बर्दियामा बुद्धको मूर्तिसहित पाँचजना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा उनीहरूलाई गुलरिया नगरपालिका– ७ गुलरिया बजारस्थित विजया गेस्ट हाउसको कोठा नं. ३२८ बाट  मूर्तिसहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा गुलरिया– ७ का ४० वर्षीय नीराजन उप्रेती, मधुवन नगरपालिका– १ र ९ का क्रमशः ३४ वर्षीय उज्ज्वल रोकाय र ३४ वर्षकै अमृत राई रहेका छन्। त्यसैगरी, ठाकुरबाबा नगरपालिका– ९ बस्ने ३२ वर्षीय ईश्वरीप्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका– २ का २९ वर्षीय मगबहादुर नेपाली रहेका छन्।

उनीहरूको साथबाट सात किलो सात सय दुई ग्राम तौलको ९.५ इन्चको बुद्धको मूर्ति बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हेमबहादुर शाहीले जानकारी दिएका छन्।

उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।