१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपालको क्षेत्रफलबारे सही तथ्यांक नदिँदा विद्यार्थीमा अलमल भयो : गिरिराजमणि पोखरेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:४८:oo

सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गिरिराजमणि पाखरेलले नेपालको क्षेत्रफलबारे सही तथ्यांक प्रस्तुत गर्न सरकारलाई आग्रह गरेका छन्। 

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले विद्यार्थीले नेपालको सही क्षेत्रफल कति हो भन्दा शिक्षकहरू नाजवाफ भएको भन्दै सरकारले यसलाई उच्च प्राथमिकता दिएर सही तथ्यांक प्रस्तुत गर्न सुझाब दिए। उनले अहिलेको क्षेत्रफल भन्ने हो भने चुच्चे नक्सा आइसकेको र नयाँ क्षेत्रफलभन्दा सरकारले घोषणा नगरेकोले विद्यार्थीहरू अलमलमा रहेको बताए। 

‘नेपाल–भारतबीच सुगौली सन्धि भएको २०४ वर्षपछि बल्ल बल्ल नेपाल सरकारले आफ्नो भूभागको नक्साको काम सम्पन्न गरी गत वर्ष ०७७ जेठ ७ गते वर्तमान नेपालको नक्सा अद्यावधिक गरी प्रकाशित गरियो, त्यसलाई संसदबाट अनुमोदन गरी संविधानसमेत संशोधन गरी निशाना छापमा समेत अद्यावधिक गरिएको कुरा सर्वविदितै छ, त्यतिखेर नेपालको क्षेत्रफल भने अद्यावधिक गरिएन, अहिले विद्यार्थीले नेपालको क्षेत्रफल कति हो भनेर सोध्दा शिक्षकहरू नाजवाफ छन्,’ उनले भने, ‘पहिलेको क्षेत्रफल भनौँ नक्सा अद्यावधिक भएर चुच्चे नक्सा आइसकेको छ, अहिलेको भनौँ सरकारले घोषणा गरेको छैन, सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रममा समेत लिम्पयाधुरा, लिपुलेक र कालापानी भूभाग समावेश गरेको अवस्थामा कूटनीतिक वार्ता र सीमांकन गर्नका लागि पनि आफ्नो क्षेत्रफल सुनिश्चित गर्न जरुरी छ, सरकारले यसलाई उच्च प्राथमिकतामा राखोस्।’

नेता पोखरेलले वर्तमान सरकारले केपी ओलीको सरकारले गठन गरेको भूमि आयोगलाई विघटन गरेपछि भूमि अधिकारको पक्षमा लाग्नेहरूलाई भ्रम पैदा भएको र निराशा थपिएकोले यसलाई चिर्न सरकारले ध्यान दिनुपर्ने बताए। उनले नेपाली जनताले समाजवादउन्मुख भूमि आयोग चाहेको बताए। 

ad
ad