मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७८ श्रावण ३२ सोमबार १७:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १ सभाको अधिवेशन अचानक अन्त्य

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ श्रावण ३२ सोमबार १७:२७:००

दर्ता भएका विधेयकहरूमा छलफल चलिरहेकै अवस्थामा प्रदेश १ सरकारले बजेट अधिवेशन अचानक अन्त्य गराउने निर्णय गरेको छ । ३२ साउनमा बसेको प्रदेश १ सरकारको मन्त्रिपरिषद् बैठकले अचानक प्रदेश प्रमुखलाई सिफारिस गर्दै चालू वर्षको बजेट अधिवेशन राति १२ बजेबाट अन्त्य गराउने निर्णय गरेको हो । 

१ भदौ मंगलबार दिउँसो १ बजे २९औँ बैठक बस्ने निर्णय गर्दै सोमबारको बैठक सम्पन्न भएको थियो । प्रदेश सभा अधिवेशन आजै राति १२ बजेबाट अन्त्य हुनेछ । 

जारी बजेट अधिवेशनमा पछिल्लो समय प्रदेश सरकारले आठवटा कानुन संशोधन गर्न विधेयक दर्ता गराएको थियो । ती विधेयकहरूमा संसदमा सैद्धान्तिक छलफलपछि संशोधन प्रस्ताव दर्ता हुने समय थियो । सोमबार प्रदेश सभाको बैठकमा संशोधनका लागि दर्ता भएका आठ विधेयकमध्ये प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक छलफलका लागि प्रस्तुत भएका थिए । 

सभामुख प्रदीपकुमार भण्डारीले मंगलबार दिनको १ बजे अर्को बैठक बस्ने गरी बैठक स्थगित गरेका थिए । २४ जेठमा सुरु भएको प्रदेश १ सभाको बजेट अधिवेशनअन्तर्गत २८ वटा बैठक बसेका छन् ।