१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

कोभिड संक्रमित महिलाले अस्पतालमा जन्माइन् बच्चा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:१८:oo

कोभिड संक्रमित एक महिलाले सल्यान अस्पतालमा बच्चालाई जन्म दिएकी छिन् । २४ साउनमा कोभिड पजिटिभ देखिएकी त्रिवेणी– ६ रुकुम पश्चिमकी २१ वर्षीया सुजाता ओलीले शुक्रबार राति शिशुलाई जन्म दिएको सल्यान जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. भीमकान्त जैसीले जानकारी दिए ।

२४ साउनमा ज्वरो आएपछि रुकुम पश्चिम जिल्ला अस्पतालमा जचाउँदा कोभिड पजिटिभ देखिएकी गर्भवती ती महिला २७ साउनमा सल्यान जिल्ला अस्पतालको कोभिड आइसोलेसनमा भर्ना भएकी थिइन् ।

महिलालाई सुत्केरी हुने दिएकोे डेट कटेका कारण अस्पतालमा बेथा लाउने औषधि दिई व्यथा लागेपछि ३१ सय ग्राम तौल भएको बच्चालाई जन्म दिएको डा.जैसीले बताए । ‘कोभिड पजिटिभ गर्भवतीलाई स्वास्थ्य संस्थामा डेलिभरी सेवा दिएको सल्यान जिल्लामै पहिलो हो,’ उनले भने, ‘हाल आमा र शिशु दुवैको अवस्था सामान्य छ । सुत्केरी महिलालाई डिस्चार्ज गरी होम आइसोलेसनका लागि पठाइएको छ ।’ 

कोभिड संक्रमित भएका कारण यस्तो वेलामा बच्चालाई सावधानीपूर्वक स्याहारसुसार गर्नुपर्ने जैसीले बताए । ‘अहिले बच्चा स्वस्थ छ, आमाले अन्य सुत्केरीजस्तै बच्चालाई दूध चुसाउनुपर्छ,’ उनले भने, ‘तर, मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ ।’

ad
ad