१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार ११:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:oo:oo

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्ध परेको रिटमाथिको सुनुवाइ न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा परेको छ। लुम्बिनी प्रदेश सभा सदस्य लीला गिरीले विशेष अधिवेशन आह्वान रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलले अविश्वास प्रस्ताव दर्ता गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष विशेष अधिवेशनको माग गरेका थिए। आज १ बजे अधिवेशन बस्दै छ।

अधिवेशनमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावबारे छलफल हुनेछ। उक्त रिटको सुनुवाइका लागि मंगलबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा पेसी तोकिएको भए पनि मंगलबार ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो। 

ad
ad