Skip This
नेपालमा बिक्यो ५० हजार टिभिएस एनटर्क १२५
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार o६:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालमा बिक्यो ५० हजार टिभिएस एनटर्क १२५

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o६:४९:oo

टू ह्विलर र थ्री–ह्विलर निर्माता टिभिएस मोटर कम्पनीले नेपालमा ५० हजार युनिट टिभिएस एनटर्क १२५ मोडलको स्कुटर बिक्री गरेको छ । स्पोर्टी, ब्लुटुथ जडान गरिएको यो स्कुटरले नेपाली बजारमा तीन वर्षभित्रमा ५० हजार युनिटको बिक्रीको माइलस्टोेन पार गरेको हो ।

सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरका रूपमा सुरु गरिएको कम्पनीले जनाएको छ । धेरै वर्षमा ब्रान्ड इन्डस्ट्री, फस्ट टेक्नोलोजी, बेजोड शैली र चयनका साथ अन्तर्राष्ट्रिय बजारमा यो स्कुटर उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको कम्पनीको दाबी छ ।

टिभिएस मोटर कम्पनीका इन्टरनेसनल बिजिनेस प्रेसिडेन्ट आर दिलीपले सुधारिएको पूर्वाधार, बहुउपयोगी सवारीसाधनहरूको आवश्यकता र सुरक्षित व्यक्तिगत गतिशीलताका लागि बढ्दो मागका कारण स्कुटर नेपालमा एक लोकप्रिय छनोट बन्न सफल भएको बताए । टिभिएस एनटर्ककोे आकर्षक एपियरेन्स, कनेक्टेड टेक्नोलोजी र उत्कृष्ट प्रदर्शनले गर्दा बजारमा यसको सफलताको एक पहिचान भएको उनको भनाइ छ । 

जिएमपिएलका प्रबन्ध निर्देशक सहिल अग्रवालले नेपालका ग्राहकहरू, प्रिमियम गतिशीलता समाधानमा विश्वास राख्ने भएकाले यी आवश्यकता पूरा गर्दा टिभिएस एनटर्क १२५ छिट्टै राष्ट्रले नै मन पराएकोे स्कुटरका रूपमा स्थापित हुन सफल भएको बताए । 

यो स्कुटरमा नेभिगेसन एसिस्ट, टप स्पिड रेकर्डर, इन–बिल्ट–ल्याप टाइमर, फोन–ब्याट्री स्ट्रेन्थ डिस्प्ले, लास्ट पाक्र्ड लोकेसन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र मल्टी राइड स्टाटिस्टिक्स मोडहरूजस्तै स्ट्रिट र स्पोर्टजस्ता सुविधा रहेको कम्पनीले जनाएको छ । 

ad
ad