टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ३ सोमबार
  • Monday, 17 January, 2022
नयाँ पत्रिका काठमाडौँ
२०७८ श्रावण १८ सोमबार १७:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दार्चुला घटना : मोहन वैद्यनिकट विद्यार्थीको विरोध प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ श्रावण १८ सोमबार १७:१३:००

नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल क्रान्तिकारीले तुइन तर्ने क्रममा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको प्रकरणको छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारीले  जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको वास्तविकता छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न माग गर्दै लैनचौरस्थित भारतीय राजदूतावासअगाडि प्रदर्शन गरेको हो ।

पटक-पटक भारतले नेपाल र नेपालीमाथि ज्यादती र दुर्व्यवहार गरेकाले भारतीय ज्यादतीविरुद्ध विरोध प्रदर्शन गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए । उनले नेपाल र नेपाली जनताको रक्षाका लागि सरकारलाई ध्यानाकर्षण गराउनुका साथै गम्भीर बन्न पनि अपिल गरे । प्रदर्शनका क्रममा विद्यार्थीले सीमा अतिक्रमण बन्द गर, जयसिंह धामी बेपत्ताको छानबिन गर, सम्पूर्ण अतिक्रमित भूमि फिर्ता गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रै हो, भारतीय विस्तारवाद मुर्दावादलगायतका नाराबाजीसमेत गरेका थिए ।