Skip This
ad
कोभिडका कारण नेपाल फर्किएका विद्यार्थीको अध्ययन पूरा गर्ने व्यवस्था मिलाइदिन चिनियाँ राजदूतसँग मन्त्री भुसालको आग्रह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २६ बुधबार १७:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कोभिडका कारण नेपाल फर्किएका विद्यार्थीको अध्ययन पूरा गर्ने व्यवस्था मिलाइदिन चिनियाँ राजदूतसँग मन्त्री भुसालको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १७:o९:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चीनमा उच्च शिक्षा अध्ययन गरिरहेका कोभिड– १९ का कारण स्वदेश फर्किएका नेपाली विद्यार्थीलाई अध्ययन पूरा गर्ने व्यवस्था मिलाइदिन विशेष आग्रह गरेकी छिन् ।

शुक्रबार मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीसँगको शिष्टाचार भेटघाटमा मन्त्री भुसालले द्विपक्षीय चासो र हितका विषयमा छलफल गर्दै सोही विषयमा समेत आग्रह गरेकी हुन् ।  

मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा देखिएका समस्यालाई सहमतिमै सुल्झाउन प्रयास गर्ने बताइन् ।  ‘बेल्ट एन्ड रोड’ इनिसिएटिभ (बिआरआई)को विषयमा नेपालले पठाएको प्रस्तावलाई अध्ययन गरेर कार्यान्वयनमा लैजानुपर्नेमा मन्त्री भुसालले जोड दिएकी छिन् । 

 चीन सरकारले नेपाललाई खोप उपलब्ध गराएर जनस्तरमै गुन लगाएको भन्दै मन्त्री भुसालले चीन सरकारप्रति आभार प्रकट गरिन् । 

भेटमा चिनियाँ राजदूत होउले विकासका लागि अत्यन्त महत्वपूर्ण विषय ऊर्जामा नेपाल सम्भावनायुक्त मुलुक भएको उल्लेख गर्दै दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । चिनियाँ कम्पनीले जलविद्युतका क्षेत्रमा राम्रो अनुभव हासिल गरेको बताउँदै उनले उनीहरू नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी गराइन् । रासस
 

ad
ad