Skip This
विदुरमा सडक भासियो : नुवाकोट र रसुवाको यातायात अवरुद्ध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नवदीप अजनवी नुवाकोट
२o८१ बैशाख २६ बुधबार १o:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विदुरमा सडक भासियो : नुवाकोट र रसुवाको यातायात अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १o:२४:oo

नुवाकोट सदरमुकाम विदुरबाट बट्टारतर्फ जाने मुख्य सडक भासिएपछि यातायात अवरुद्ध भएको छ ।  भीषण वर्षाको कारण गएराति विदुर नगरपालिका– ४ स्थित ब्यारेक खोल्सामा सडक भासिएको हो । वरपर वैकल्पिक सडक नभएको कारण सवारीसाधनहरू रोकिएका छन् ।

एम्बुलेन्ससमेत काठमाडौं जान सक्ने अवस्था नभएको कारण सडक भासिएकै ठाउँ वरपरबाट वैकल्पिक रूपमा डाइभर्सन बनाएर सडक सञ्चालन गराउनेबारे छलफल भइरहेको प्रहरीले जनाएको छ । सडक भासिएपछि नुवाकोट सदरमुकामसहित रसुवा जिल्लासमेत राजधानीबाट यातायातबाट विच्छेद भएको छ । जोखिम मोलेर पैदल यात्रा गर्न सकिए पनि सवारीसाधनमा मोटरसाइकलसमेत वारपार गर्न नसक्ने भएको छ । 

प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयका प्राविधिकहरू आएर निरीक्षण गरिसकेको बताए ।  प्रजिअ दुलालले आज नै सडक सञ्चालन गरिने र सडक कार्यालयसँग रहेका सडक खुलाउन प्रयोग गरिने साधनहरू सदरमुकामबाहिर रहेका कारण त्यसलाई तत्काल ल्याएर सडक खुलाउने कार्य थालिने बताए । 

ad
ad