१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महाभारतको कथा सुनाउँदै रेशम चौधरीले भने– मेरो पक्ष पनि जसपा विपक्ष पनि जसपा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१८:oo

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादबारे आफ्नो सनाखत दिन निर्वाचन आयोग पुगेका रेशम चौधरी तटस्थ बस्ने भएका छन्।

उनले आफ्नो पक्ष भने पनि जसपा र विपक्ष भने पनि जसपा भएको बताए। चौधरीले महाभारतको कथा सुनाउँदै आफू पार्टीको इमानदार सिपाही भएको प्रतिक्रिया दिए। महाभारतको युद्धमा भीष्म पितामहलाई दुर्योधनले हार्छन् भन्ने थाहा भए पनि उनको पक्ष लिएको बताए। उनले जसपा अध्यक्ष महन्थ ठाकुरलाई भीष्म पितामहको दर्जा दिन चाहेको बताए।  उनले निर्दोषलाई थुन्न नहुने भन्दै ‘न्याय, न्याय, न्याय’ चाहिएको प्रस्ट्याए।

उनलाई आयोग पुर्‍याउँदा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो। डिल्लीबजार कारागारमा रहेका उनलाई सनाखतका लागि आयोग आज लगिएको थियो। उनको मत जेलबाट नै गराउने तयारी भए पनि चौधरीले आयोग जाने अडान लिएका थिए।