१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार ११:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सल्यानमा व्यावसायिक कफीका बिरुवा उत्पादन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:२१:oo

सल्यानमा व्यावसायिक रूपमा कफीका बिरुवा उत्पादन गर्न सुरु भएको छ । जिल्लामै पहिलोपटक ठूलो परिमाणमा कफीका बिरुवा उत्पादन सुरु गरेको शारदा नगरपालिका–१ श्रीनगरका बलबहादुर गिरीले अहिले करिब ५० हजार बिरुवा उत्पादन गरेको बताए । चेरीदेखि कपसम्म अभियानअन्तर्गत सल्यान र रुकुम जिल्लालाई लक्षित गरी कफीका बिरुवा उत्पादन गर्न लागेको उनले बताए । 

कफीखेतीबाट परम्परागत रूपमा गरेका बालीनाली र खेतीभन्दा राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । चिया तथा कफी विकास बोर्डले सल्यान र रुकुमका लागि पहलकदमी गर्दै सहकारी समूह र किसानहरूसँग छलफल गरिरहेको बताउँदै कृषक गिरीले पहिलो चरण अभियानकै रूपमा रहेको बताए । 

नेपाल सरकारको चिया तथा कफी विकास बोर्डको सहयोगमा ५० प्रतिशत अनुदानमा कफीको प्रचार–प्रसार गर्नुका साथै यसको उत्पादनमा वृद्धि गर्ने र बजारीकरणका लागि पहल गर्ने उद्देश्यका साथ अगाडि बढेको उनको भनाइ छ । 

जिल्लामा यसअघि व्यावसायिक रूपमा कफीका बिरुवा उत्पादन नभए पनि हावापानीका हिसाबले धेरै स्थानमा कफीबाट राम्रो आम्दानी गर्न सकिने जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

कृषि विकास कार्यालय सल्यानका निमित्त प्रमुख महेश आचार्यले जिल्लामा अहिलेसम्म व्यावसायिक कफीखेती सुरु नभए पनि अध्ययन भइरहेको बताए । उनले भने, ‘जिल्लामा अहिले जलवायु परिवर्तनका कारण जहाँ सुन्तला उत्पादन हुन छोडेको छ त्यस ठाउँमा कफीबाट राम्रो आम्दानी लिन सकिन्छ ।’ 

८ सयदेखि १२ सय मिटरको बीचको उचाइँमा कफीखेती गर्न सकिने भएकाले आगामी वर्षदेखि कृषि विकास कार्यालयले समेत यस्तो भागमा वैकल्पिक बालीका रूपमा कफीखेतीलाई व्यावसायिक रूपले अगाडि बढाउन सकिन्छ वा सकिँदैन भनी परीक्षण गरिने बताए । 

ad
ad