१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
एजेन्सी
Invalid date format ११:४९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

हैटीमा नयाँ प्रधानमन्त्री नियुक्त

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
Invalid date format ११:४९:oo

राजनीतिक संकटबाट गुज्रिरहेको हैटीमा नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति जोभेनेल मोइसको हत्याको करिब दुई हप्तामा एरियल हेनरी नयाँ प्रधानमन्त्री नियुक्त भएका हुन्।

राजधानी पोर्ट–औ–प्रिन्समा स्थानीय समयअनुसार मंगलबार मोइसको सम्मानमा आयोजित स्मृति समारोहमा नवनियुक्त प्रधानमन्त्री हेनरीले शपथग्रहण गरेका हुन्।

हैटीस्थित प्रमुख अन्तर्राष्ट्रिय कूटनीतिज्ञहरूले कार्यकारी प्रधानमन्त्री क्लाउड जोसेफलाई हेनरीको समर्थन गरी नयाँ सरकार गठन गर्न दबाब दिएका थिए । जोसेफले पदबाट राजीनामा दिएपछि उनी प्रधानमन्त्री नियुक्त भएका हुन्।

७१ वर्षीय हेनरी न्युरोसर्जन हुन् । उनी यसअघिको मन्त्रिमण्डलमा मन्त्री भइसकेका छन्। शपथग्रहणपछि सम्बोधन गर्दै नवनियुक्त प्रधानमन्त्री हेनरीले हैटीमा जारी राजनीतिक संकट समाधानका लागि विविध क्षेत्रका व्यक्तिहरूसँग परामर्श गर्ने प्रतिबद्धता जनाएका छन्।

गत जुलाई ७ मा राष्ट्रपति मोइसको उनकै निजी निवासमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो। उनको हत्यापछि हैटीमा पुनः राजनीतिक अस्थिरता बढेको छ।