मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ४ सोमबार १४:३४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिएस–६ मोडलको होन्डा ग्राजिया बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ४ सोमबार १४:३४:००

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी लिमिटेडले होन्डा ग्राजियाको बिएसभिर्आ मोडेल बजारमा ल्याएको छ । कम्पनीले साबिकको ग्राजियामा विभिन्न फिचर थप गरेर नयाँ मोडेल ल्याएको हो । यो स्कुटरमा व्यावहारिक फिचरहरू थप गरी पूर्ण रूपमा रि–डिफाइन गरिएको कम्पनीको दाबी छ ।

१५५ एमएमदेखि १७१ एमएम ग्राउन्ड क्लियरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको जनाइएको छ । यो फिचरले स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टीजस्ता जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

प्रोग्राम फ्युल इन्जेक्सन टेक्नोलोजी प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर रहेको छ । ग्राजियाको नयाँ बिएसभिआई डिलक्स मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नका लागि आइडलिङ स्टप रहेको र बिएसभिआई स्ट्यान्डर्ड मोडलमा इन्जिन स्टार्ट तथा स्टप स्विच रहेको कम्पनीले जनाएको छ ।

साथै, यस स्कुटरमा साइड स्ट्यान्ड इन्जिन अफ फिचर, एसिजीसहितको साइलेन्ट स्टार्ट, इएसपी टेक्नोलोजीका साथ एचइटी इन्जिनजस्ता विशेषता रहेको कम्पनीले जनाएको छ । ग्राजिया बिएसभिआई डिआरएस मोडलको मूल्य २ लाख ६९ हजार ९ सय र ग्रजिया बिएसभिआई डिएसएसको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।