१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् बैठकअघि एन्टिजेन परीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:२४:oo

आइतबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्ने भएपछि सांसदहरूको एन्टिजेन परीक्षण गरिएको छ। शुक्रबार संसद् भवन बानेश्वरमा दुवै सदनका सांसदहरूको परीक्षण गरिँदै छ।

बिहान ११ बजेदेखि परीक्षण थालिएको संसद् सचिवालयले बताएको छ। परीक्षणका लागि दिउँसो ४ बजेसम्म संसद् भवन पुग्न सचिवालयले सांसदहरूलाई आग्रह गरेको छ।

त्यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठकको तयारी, यसका लागि अपनाइएको स्वास्थ्य मापदण्डका सम्बन्धमा आज बिहान ११ बजे बानेश्वरस्थित संसद् भवनका सभाकक्षलगायतको स्थलगत अवलोकनसमेत गरेका छन् । सभामुख सापकोटा बिहान ११ बजे संसद् भवनको स्काइलाइट हलमा एन्टिजेन परीक्षण लागि समेत पुगेका थिए।