१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
सन्तोष थापा पर्वत
२o८१ जेठ १ मंगलबार १o:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पर्वतमा बाढीले गाडी बगाउँदा इन्जिनियरसहित दुई बेपत्ता

Read Time : < 1 मिनेट
सन्तोष थापा पर्वत
नयाँ पत्रिका पर्वत
२o८१ जेठ १ मंगलबार १o:२२:oo

पर्वतको कुश्मा नगरपालिका- ८ दोबिल्लास्थित सुन्दरेखोलामा आएको बाढीले बगाउँदा एउटा गाडी र गाडीमा सवार दुईजना बेपत्ता भएका छन् । मंगलबार राति आएकाे भीषण वर्षाले सुन्दरे खोला उर्लिएपछि निर्माणाधीन मध्यपहाडी राजमार्गमा क्षति पुर्‍याएको थियो । बाढीले मध्यपहाडी लोकमार्ग निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्सनका साइट इन्चार्ज राजाराम आचार्य र सवारीचालक इन्द्र थारू बेपत्ता भएका छन् । 

बाढीले  राजमार्गको छेउछाउमा सामान्य व्यवसाय सञ्चालन गरेर बस्ने विश्व श्रेष्ठलगायतका चार परिवार भागेर ज्यान जोगाउन सफल भएका छन् । मंगलबार राति १० बजेको समयमा बाढी आएको थियो ।

बाढीले बगाएको सवारी बुधबार बिहान करिब ८ बजे मात्रै पाँच सय मिटर तल मोदीखोलामा भेटिएको छ । गाडी भेटिए पनि उद्धार गर्न नसकिएका कारण गाडीभित्र मानिस भए–नभएको कुनै जानकारी लिन नसकिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए 

बाढीले अन्य दुई स्कुटर, एक मोटरसाइकलसहित चार होटेल तथा रेस्टुरेन्टमा पनि क्षति पुर्‍याएको छ । याेसँगै मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा ठप्प भएकाे छ । लोकमार्ग तत्काल खुल्ने सम्भावना नभएकाले बिरामी, विवाहका लागि हिँडेका सवारीहरू र अन्य अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरू बाटाेमै अलपत्र परेका छन् ।

सोही बाढीले १० मेगावाट उत्पादन क्षमताको तल्लो मोदीखोला जलविद्युत् केन्द्रको उत्पादनसमेत बन्द भएको छ । उत्पादनका लागि निर्माण गरिएको क्यानल बाढीले पुरेपछि विद्युत् उत्पादन बन्द भएको हो । 

ad
ad