१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार o९:४९:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

युरोकपमा खराब प्रदर्शन गर्ने १० स्टार खेलाडी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o९:४९:oo

१६औँ संस्करणको युरोकप २०२० मा चार टोली मात्र बाँकी छन् । अब इटाली, स्पेन, डेनमार्क र इंग्ल्यान्डबीच नै उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । चालू युरोकपमा सहभागी कतिपय खेलाडीले आफ्नो स्तरभन्दा राम्रो प्रदर्शन गर्दै वाहवाही कमाएका छन् भने कतिपय स्टार ‘ट्याग’ लागेका खेलाडी फ्लप बनेका छन् । उपाधि दाबेदार मानिँदै आएका टिमका खेलाडी यसपटक अकिांश फ्लप भएका छन् । 

 केलियन एम्बाप्पे (फ्रान्स)
विश्वकै धनाढ्य क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का वल्र्ड क्लास खेलाडी केलियन एम्बाप्पे सम्लबग्न फ्रान्सको टिमले चालू युरोकपको उपाधि जित्ने धेरैको अनुमान थियो । तर, पिएसजीका यी स्टार खेलाडीले चारै खेलमा गतिलो खेल देखाउन सकेनन् । युरोकपमा एम्बाप्पेले चार खेलमा एक गोल पनि गर्न सकेनन् । उनले केबल एकपटक मात्र असिस्ट मात्रै गरे । 

फ्रान्स प्रिक्वार्टर फाइनलबाट बाहिरिनुको पछाडि धेरैले उनलाई मानेका छन् । फ्रान्स प्रिक्वार्टर फाइनलमा स्विट्जरल्यान्डसँग टाइब्रेकरमा पराजित भएको थियो । एम्बाप्पेले प्रहार गरेको पेनाल्टी स्विस गोलरक्षकले छेकेका थिए । जसका कारण फ्रान्सको युरोकप यात्रा अन्तिम १६ सम्म मात्र सीमित भयो । 

 बेन्जामिन पाभार्ड (फ्रान्स)
व्यावसायियक क्लबस्तरमा प्रभावशाली प्रदर्शन गरेका कारण नै बेन्जामिन पाभार्ड यसपटक टोलीमा अटाएका थिए । जर्मन क्लब बार्यन म्युनिखका युवा स्टार पाभार्डले युरोकपमा सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । राइटब्याकबाट खेल्ने पाभार्डले सेन्टर ब्याकबाट पनि त्यतिकै राम्रो खेल्न सक्छन् । जुन बार्यन म्युनिखमा उनको यो खेल हेर्न सकिन्छ । तर, उनी युरोकपमा त्यति जमेनन् । २५ वर्षीय पाभार्डकै कारण स्विट्जरल्यान्डले पेनाल्टी पाएको थियो । तर, स्विट्जरल्यान्डका रिकार्डो रोड्रिग्वेजले पेनाल्टी मिस गरे । प्रशिक्षक डिडिएर डेस्चम्पसले ज्यादै विश्वास गरेका खेलाडीमा उनी पर्छन् । 

 एन्टोनियो ग्रिजम्यान (फ्रान्स)
एन्टोनियो ग्रिजम्यानले चर्चाअनुसार युरोकपमा जादु देखाउन सकेनन् । तीन वर्षअघि रसिया विश्वकपमा सानदार प्रदर्शन गरेका ग्रिजम्यानले चालू युरोकपमा बिर्सिए पनि हुने प्रदर्शन गरे । गत सिजनमा एट्लेटिको म्याड्रिडबाट १० करोड ८० लाख पाउन्डमा बार्सिलोनामा आबद्ध भएका ग्रिजम्यान स्टार युवा स्ट्राइकरहरूमा पर्छन् । फ्रान्स विश्व च्याम्पियन हुँदा महत्वपूर्ण खेलाडीका रूपमा रहेका ग्रिजम्यानले युरोकपमा चार खेलमा एक गोल मात्र गरे । सम्भवतः एम्बाप्पे र करिम बेन्जिमाको उपस्थितिमा ग्रिजम्यान छाया परेको विश्लेषकहरू बताउँछन् । 

 एनगोलो कोन्टे (फ्रान्स) 
गत महिना चेल्सीले युरोपियन च्याम्पियन्स लिग उपाधि जित्दा एनगोलो कोन्टेको प्रदर्शन कसैले भुलेका छैनन् । चेल्सीलाई च्याम्पियन्स दिलाएका कारण नै उनी यसपटक फिफाले प्रदान गर्ने बालोन डिअर उपाधिका प्रमुख दाबेदारका रूपमा उभिएका छन् । वर्तमान समयकै उत्कृष्ट मिडफिल्डरमा पर्ने कोन्टेले युरोकपमा भने स्तर अनुसार प्रस्तुत हुन सकेनन् । २० बर्षीय कोन्टे मिडफिल्डमा पुरै फ्लप भए । सन् २०१६ देखि चेल्सीमा आबद्ध कोन्टेले सात गोल र राष्ट्रिय टोलीबाट ५० खेलमा दुई गोल गरेका छन् । 

लरुवेन डायस (पोर्चुगल)
हालै सम्पन्न इंग्लिस प्रिमियरलिग सिजनको प्लेयर अफ द एयर घोषित रुवेन डिआस युरोकपमा फ्लप भए । प्रिमियर्सिप भर्खर मात्र सकिएकाले रुवेनको फर्म यथावत् नै रहेको धेरैको विश्वास थियो । अझ साबिक विजेता पोर्चुगलको उपाधि रक्षा गर्ने अभियानमा सेन्टर ब्याक खेलाडी रुवेनले थप जिम्मेवारीका साथ प्रतिस्पर्धा गर्ने अनुमान थियो ।

उनले भेट्रान खेलाडी पेपेलाई साथ दिने अनुमान थियो । पोर्चुगल प्रिक्वार्टर फाइनलबाट बाहिरिएसँगै रुवेनमाथि गरिएका सबै अनुमानविपरीत भए । पोर्चुगलको डिफेन्स लाइन कमजोर भएका कारण नै चार खेलमा सात गोल व्यहोरेको थियो । जर्मनीविरुद्धको खेलमा त उनले आत्मघाती गोल नै गर्न पुगे । बेल्जियमविरुद्धको क्वार्टरफाइनलमा उनलाई रामेलु लुकाकुलाई रोक्ने जिम्मेवारी दिइएको थियो । यसमा उनी असफल भए । खेलको अन्तिम  समयमा सहज गोल अवसरसमेत उनले चुकाएका थिए । 

 बर्नान्डो सिल्भा (पोर्चुगल) 
२६ वर्षीय बर्नान्डो सिल्भा पोर्चुगलका युवा पिँढीका उदीयमानी खेलाडीका रूपमा चिनिन्छन् । म्यानचेस्टर सिटीले योपटक इंग्लिस प्रिमियरसिपको उपाधि उचाल्दा सिल्भाको प्रदर्शन प्रेरणादायी रह्यो । यही चमक उनले युरोकपमा पनि देखाउने विश्वास थियो । तर उनले आफ्नो सतप्रतिसत दिन सकेनन् । खराब प्रदर्शनकै कारण पोर्चुगलले खेलेको चारै खेलमा उनी विस्थापन खेलाडीका रूपमा मैदानमा उत्रिए । धेरैजसो विश्लेषकहरूले दबाब सामना गर्न नसकेका कारण सिल्भाले आशाविपरीत प्रदर्शन गरेको बताएका छन् ।  

 बु्रनो फर्नान्डेज (पोर्चुगल)
पोर्चुगलका सबैभन्दा खराब खेलाडीको नाम लिनुपर्दा पछिल्लो समय ब्रुनो फर्नान्डेजको पनि लिन थालिएको छ । म्यानचेस्टर युनाइटेडका एट्याकिङ मिडफिल्डर भएर पनि चालू युरोकपमा उनले कुनै पनि खेलमा गोलका लागि अवसर जुराउन सकेनन् । उनले गत सिजनमा म्यानचेस्टर युनाइटेडका लागि १८ गोल गर्नुका साथै १२ असिस्ट गरेका थिए ।  क्लब स्तरीयमा दमदार प्रदर्शन गरेका फर्नान्डेज भने युरोकपमा पूरै फ्लप भए । सुरुवाती दुई खेलमा अवसर नपाएका फर्नान्डेजले प्राप्त मौका पनि सदुपयोग गर्न सकेनन् । मैदानमा दुई सय पाँच मिनेट बिताएका फर्नान्डेजले एकपटक मात्रै सट्स प्रहार गरेका थिए । 

 थोमस मुलर (जर्मनी)
जर्मनीका थोमस मुलर विशेषतः मेजर अन्तर्राष्ट्रिय फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका रूपमा चिनिन्छन् । मुलरको विशेषता नै जस्तोसुकै दबाबमाथि जित हात पार्ने हो । मुलरकै प्रेरणादायी प्रदर्शनका कारण जर्मनीले पछिल्लो डेढ दशकमा युरोकप तथा विश्वकपमा राम्रो स्थान हात पारेको थियो ।

जर्मनीले सन् २०१४ को विश्वकप उपाधि जित्दा मुलर नै सबै खेलमा नायक बने । तर, चालू युरोकपमा मुलरको त्यो जादुमय खेल देखाउन सकेनन् । बायर्न म्युनिखकै प्रमुख खेलाडी मुलरले करिअरकै खराब खेल युरोकपमा देखाए । प्रशिक्षक जोचिम लोउले दुई बर्ष टोलीमा बोलाउँदा उनले मन जित्न सकेनन् । इंग्ल्यान्डविरुद्धको अति नै सहज अवसर चुकाउँदा जर्मनी प्रतियोगिताको प्रिक्वार्टर फाइनलबाटै बाहिरियो । चार खेलमा अवसर पाएका मुलरले एकपटक मात्र असिस्ट गरेका थिए । 

 केभिन डे ब्रुयने (बेल्जियम)
म्यानचेस्टर सिटीका अति नै विश्वासिलो मिडफिल्डर केभिन डे ब्रुयनेका लागि युरोकप २०२० खराब रह्यो । अहिलेको पुस्ताका उत्कृष्ट मिडफिल्डरका रूपमा चिनिने केभिन सुरुदेखि नै चोटग्रस्त थिए । च्याम्पियन्स लिग फाइनलमा व्यहोरेको चोट नै उनका लागि घातक बन्यो । यसैकारण उनले अवसर पाएको खेलमा राम्रो गर्न सकेन । कप्तान इर्डन हाजार्ड घाइते हुँदा क्वार्टर फाइनलमा इटालीविरुद्ध राम्रो अवसरमा समेत गोल गर्न सकेनन् । अघिकांस खेलमा अनफिट झै देखिन्थे । 

इर्डन हाजार्ड  (बेल्जियम)
बेल्जियमको यो टोलीलाई गोल्डेन जेनेरेसन ट्याग दिइएको छ । यसको नेतृत्व इर्डन हाजार्डले गरिरहेका छन् । सन् २०१८ को रसिया विश्वकपकै सेमिफाइनलिस्ट बेल्जियम चालू युरोकपकै उपाधि दाबेदार थियो । स्टार खेलाडीहरू चोटग्रस्त हुनु र खराब प्रदर्शनका कारण बेल्जियम क्वार्टर फाइनलमा इटालीसँग २–१ ले हार्‍यो । कप्तान हाजार्ड चोटग्रस्त हुनु नै बेल्जियमका लागि दुर्भाग्य ठहरियो । रियल म्याड्रिडका यी स्टार खेलाडीले क्वार्टरफाइनलमा बेन्चमै बसे । चोट र खराब प्रदर्शनका कारण हाजार्ड फ्लप स्टारको लिस्टमा समावेश  भएका छन् । 
एजेन्सीको सहयोगमा 

ad
ad