मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७८ असार १८ शुक्रबार १५:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली प्रदेश सभाको बैठक एमालेद्वारा पुनः अवरुद्ध

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७८ असार १८ शुक्रबार १५:२०:००

कर्णाली प्रदेश सभाको आठौँ अधिवेशनको चौधौँ बैठक पुनः अवरुद्ध भएको छ । एकालेले कर्णाली प्रदेश सरकारमा सामेल आफ्ना मन्त्रीहरूलाई सरकारमा सहभागी नहुन माग राख्दै संसद् अवरुद्ध पारेको हो । 

विगत लामो समयदेखि एमालेले फ्लोरक्रस गरेर मन्त्री बनेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको राजीनामा माग गर्दै संसद् अवरुद्ध पार्दै आएको छ ।

असार १ गते कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट संसदमा पेस गरेको थियो । पेस भएको बजेटमाथि एमालेले संसद् अवरुद्ध पार्दै आएका कारणले छलफल हुन सकेको छैन । एमालेले आज (शुक्रबार) पनि बैठक अवरुद्ध पारेको छ । संसद् बैठक सुरु हुनासाथ एमालेका सांसदहरू संसदमा उठेका थिए ।

संसद् बैठकमा बोल्दै एमालेका सांसद दानसिंह परियारले एमालेका मन्त्रीहरू सरकारमा सामेल भएकाहरूले राजीनामा दिनुपर्ने माग गरे । ‘उहाँ एमाले भएको जिकिर गर्नुहुन्छ । अदालतमा आफैँ जानुहुन्छ,’ उनले भने, ‘एमाले यो सरकारमा सामेल भएको छैन ।’

सभामुख राजबहादुर शाहीले लामो समयदेखि छलफल नभएको र बजेटमाथि छलफल गर्न आग्रह गरेका थिए । एमाले सांसदहरूलाई आफ्नो आसनमा बस्न सभामुख शाहीले भनेका थिए । तर, एमालेका सांसदहरूले नमानेका कारणले सभामुख शाहीले अर्को बैठक असार २४ गते दिउँसो २ बजेका लागि बोलाएका छन् ।