१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o६:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्रोटोनको एसयुभी एक्स ७० नेपाली बजारमा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:o१:oo

जगदम्बा मोटर्सले मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनको उत्पादन ‘प्रोटोन एक्स ७०’ मोडल नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले असार १६ गते भर्चुअल माध्यमबाट एसयुभी एक्स ७० गाडी सार्वजनिक गर्न लागेको हो । 

यसअघि नै गाडी सार्वजनिक गर्ने तय भए पनि कोभिडको असहज परिस्थितिका कारण रोकिएको कम्पनीले जनाएको छ । सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै एसयुभी एक्स ७० नेपाली बजारमा सार्वजनिक गर्न लागेको कम्पनीले जनाएको छ । भर्चुअल माध्यमबाट हुन लागेको लन्चिङ कार्यक्रममा सहभागी हुनेलाई जगदम्बा मोटर्सले विभिन्न आकर्षक उपहारहरूको समेत व्यवस्था गरेको जनाएको छ ।

प्रोटोन एक्स ७० विभिन्न फिचर्स र डिजाइनले भरिपूर्ण रहेको कम्पनीले दाबी गरेको छ । यसको एक्सटेरियरमा बो सेप्ड फ्रन्ट बम्पर, फ्लोटिङ रूप डिजाइन, टाइगर सेप्ड एलइडी हेडल्याम्प, डे टाइम रनिङ ल्याम्प, अटो रेन सेन्सिङ वाइपर्स, पेनोरेमिक सनरुफ तथा किक सेन्सरका साथ पावर टेलिगेटजस्ता आकर्षक फिचरहरू रहेको जनाइएको छ । यसले गाडीलाई अरूभन्दा फरक र आकर्षक देखाउने कम्पनीको दाबी छ । 

यसको इन्टेरियरमा नाप्पा छालाबाट बनेको सिट र स्टेरिङ ह्विल रहेको जनाइएको छ । यसमा रेडियो नियन्त्रण र ब्लुटुथ फोन नियन्त्रण प्रणाली रहेको कम्पनीले जनाएको छ । यस्तै, ८ इन्चको स्क्रिन, स्मार्ट मोबाइल फोन कनेक्टिभिटी प्रणाली, इन्टेलिजेन्ट एयर फिल्टर, एन ९५ केबिन फिल्टर, ६ युएसबी पोर्ट तथा भेन्टिलेटेड फ्रन्ट सिटलगायत सुविधाहरू रहेको जनाइएको छ । यो गाडीमा १.५ टिजिडिआई टर्बोचाज्र्ड डाइरेक्ट इन्जेक्सन इन्जिन रहेको कम्पनीले जनाएको छ ।  

ad
ad