१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
एजेन्सी
२o८१ जेठ ४ शुक्रबार १o:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

युरोकप २०२० : इटाली क्वार्टरफाइनलमा प्रवेश

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १o:१o:oo

इटाली युरोकप २०२० को क्वार्टरफाइनल चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा अस्ट्रियालाई अतिरिक्त समयमा २–१ गोलले पराजित गर्दै इटालीले प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

इटाली जारी प्रतियोगिताको क्वार्टरफाइनल चरणमा प्रवेश गर्ने दोस्रो टोली हो । शनिबार राति नै भएको अर्काे खेलमा वेल्समाथि ४–० को प्रभावशाली जित हात पार्दै डेनमार्कले प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । 

समूहगत चरणमा एक गोलसम्म नव्यहोरेको इटालीलाई अस्ट्रियाविरुद्धको खेलमा भने जितका लागि निक्कै संघर्ष गर्नुपर्‍यो । इटालीले अब क्वार्टरफाइनल चरणमा डेनमार्क वा पोर्चुगलमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टोली प्रिक्वार्टरफाइनल खेलमा आज राति भिड्दै छन् । 

पहिलोपटक युरोकपको नकआउट चरणमा प्रतिस्पर्धा गरेको अस्ट्रियाले बलियो मानिएको इटालीविरुद्ध प्रशंसनीय खेल प्रदर्शन गर्‍यो । खेलको निर्धारित समयभित्रै मार्काे अर्नाैटोभिकले अस्ट्रियाका लागि उत्कृष्ट हेडिङ गोल गरेका थिए । तर, उनको उक्त गोललाई भिडियो एसिस्टेन्ट रेफ्री (भार)ले थोरैले अफसाइड देखाएको थियो ।

त्यसपछि खेलको निर्धारित ९० मिनेटभित्र कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल थप ३० मिनेट लम्बिएको थियो । जसमा ‘सब्स्टिच्युड’ खेलाडीद्वय फेडेरिको चिइसा र माटियो पेस्सिनाले गोल गर्दै इटालीलाई प्रतियोगितामा अगाडि बढाएका हुन् ।

इटालीलाई खेलको ९५औँ मिनेटमा चिइसाले १–० ले अघि बढाएका थिए । सिक्स यार्ड बक्स कर्नरनजिक बललाई नियन्त्रणमा लिएका चिइसाले अस्ट्रियाका एक रक्षकलाई छक्याएर गरेको सशक्त प्रहार गोलमा परिणत भएको थियो । 

त्यसपछि खेलको १०५औँ मिनेटमा पेस्सिनाले अर्काे गोल थप्दै इटालीको अग्रता दोब्बर बनाएका थिए । निकै नजिकबाट प्राप्त अवसरमा उनको प्रहार गोलमा परिणत हुन पुगेको थियो । अतिरिक्त समयको अन्तिमतर्फ ११४औँ मिनेटमा अस्ट्रियाका लागि सासा कालाज्जिकले एक गोल फर्काएका थिए । कर्नरमार्फत आएको लो बललाई उनले हेडिङ गोल गरेका थिए । यद्यपि, टोलीलाई जित दिलाउने उनको प्रयास सफल भएन । 

पहिलोपटक युरोकपको नकआउट चरणमा पुगेको अस्ट्रिया प्रिक्वार्टरफाइनलभन्दा अगाडि भने बढ्न सकेन । यद्यपि, अस्ट्रियाले जारी प्रतियोगितामा प्रभावशाली प्रदर्शन दिन सफल भएको छ । 

इटालीले कुनै पनि टोलीविरुद्ध आफ्नो पछिल्लो १२ खेलमा पहिलो गोल व्यहोरेको हो । त्यो गोल अस्ट्रियाले नै गर्न सफल भएको छ । त्यसका बाबजुद इटालीले आफ्नो अपराजित यात्रा ३१औँ खेलमा पुर्‍याएको छ । यो उनीहरूका लागि नयाँ राष्ट्रिय कीर्तिमान हो ।

निर्धारित समयको पहिलो हाफमा इटालीसँग केही राम्रा अवसर थिए । निकोलो बारेल्लाको एउटा उत्कृष्ट प्रहारलाई अस्ट्रियाका गोलरक्षक डानिइल बचमानले बचाएका थिए । यस्तै, सिरो इमोबिलले २५ यार्ड दूरीबाट गरेको सशक्त प्रहार साइड बारमा लागेर फर्किएको थियो ।

अस्ट्रियाले इटालीविरुद्ध रक्षात्मक रूपमा उत्कृष्ट प्रदर्शन गर्दै आफूले पनि नियमित रूपमा उत्कृष्ट अवसर सिर्जना गर्दै आक्रमणमा अघि बढेको थियो । यद्यपि उनीहरूले पनि प्राप्त केही अवसर सदुपयोग गर्न सकेनन् ।

रोबर्टाे मान्सिनीको टोली इटाली जारी युरोकपमा उपाधिको दाबेदार मानिएको टोलीमध्येको हो । आफ्नो घरेलु मैदानमा खेलेको समूहगत चरणको तीनमध्ये तीनै खेलमा शतप्रतिशत जितको नतिजा निकालेको इटालीलाई पहिलोपटक घरबाहिर खेल्दा भने त्यो लय कायम राख्न मुस्किल देखिएको छ । 
 

ad
ad