Skip This
समयमै शीतभण्डार निर्माण नहुँदा  ८५ प्रतिशत किसान प्रभावित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार o६:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

समयमै शीतभण्डार निर्माण नहुँदा  ८५ प्रतिशत किसान प्रभावित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o६:२९:oo

कोभिड–१९ महामारीका कारण मकवानपुर उत्तरी क्षेत्रको थाहा नगरपालिकामा निर्माणाधीन शीतभण्डार (कोल्ड स्टोर) निर्माण कार्य रोकिएको छ । उत्पादित तरकारी लामो समयसम्म टिकाइराख्न अघि बढाइएको शीतभण्डार निर्माणमा खटिएका मजदुरलाई कोभिड संक्रमण भएपछि काम पूर्ण रूपमा रोकिएको हो । 

कात्तिक ०७५ बाट निर्माण थालिएको शीतभण्डार गत वर्ष नै सञ्चालनमा ल्याउने गरी काम अघि बढे पनि भारतीय र स्वदेशी मजदुरलाई कोरोना संक्रमण हुँदा समयमै सुचारु गर्ने अवस्था नभएको नगरप्रमुख लबशेर विष्टले बताए । शीतभण्डार नहुँदा वर्षौँदेखि थाहाका किसानले भोग्दै आएको समस्या करिब १ वर्ष समाधान नहुने पनि निश्चित भएको छ । समयमै निर्माण नहुने भएपछि यस क्षेत्रका करिब ८५ प्रतिशत किसान थप प्रभावित भएका छन् । अन्यत्र भण्डारण गर्दा एक किसानले ५० किलोको ६ सय रुपैयाँसम्म तिनुपर्ने बाध्यकारी अवस्थाका कारण ठूलो आर्थिक भार खेप्नुपरेको नगरप्रमुख विष्टको दाबी छ । 

विष्टका अनुसार आगामी भदौबाट सञ्चालनमा ल्याउने उद्देश्यले कात्तिक ०७५ बाट शीतभण्डार निर्माण सुरु गरिएको थियो । काम रोकिएका कारण शीतभण्डार ०७८ बाट मात्र सञ्चालनमा आउने भएको छ । ‘कोरोना महामारीका कारण शीतभण्डार समयमै निर्माण नहुने पक्का छ ।’ उनले भने, ‘यस्तो हुँदा अझै एक वर्ष शीतभण्डार सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन, जसका कारण यहाँका ८५ प्रतिशत किसान प्रभावित हुनेछन् ।’

थाहा नगर, कैलाश र इन्द्रसरोवर गाउँपालिकामा उत्पादित तरकारी भण्डारणका लागि निर्माणाधीन शीतभण्डार सञ्चालनमा आएपछि त्यस क्षेत्रका शतप्रतिशत किसान लाभान्वित हुने विष्टले बताए । जिल्लामै सबैभन्दा बढी कृषि उत्पादन हुने भएकाले सुरक्षित भण्डारणका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशको अनुदान र त्यस क्षेत्रमा सञ्चालित २७ वटा सहकारीको लगानीमा शीतभण्डार निर्माण सुरु गरिएको हो ।  

१५ करोड ८७ लाख लागत अनुमान गरिएको शीतभण्डार निर्माणका लागि ११ करोड ४७ लाख रुपैयाँमा ठेक्का दिइएको छ । मन्त्रालयबाट ७० प्रतिशत अनुदान र सहकारीबाट ३० प्रतिशत लगानी हुने मेयर विष्टले जानकारी दिए । मन्त्रालयले ८ करोड ३ लाख रुपैयाँ अनुदान दिएको छ ।

थाहाका २४ हजार सहकारी सदस्यहरूले शीतभण्डार भाडामा लिएर प्रयोग गर्ने र सोही भाडाबाट सञ्चालनको लागत व्यहोर्ने योजना बनाइएको छ । विद्युत् र पक्की सडकको सहज उपलब्धता हुने क्षेत्र भएका कारण सञ्चालनमा कुनै समस्या नहुने विष्टले बताए । 

ad
ad