Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
भन्सार जाँचपासको प्रक्रियामा लाइनमा रहेका कन्टेनरहरू
२०७८ असार ५ शनिबार २०:३१:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

इन्टरनेट नहुँदा रसुवा भन्सारमा जाँचपास रोकियो, सय गाडी लाइनमा

Read Time : > 1 मिनेट
२०७८ असार ५ शनिबार २०:३१:००

पाँच दिनदेखि रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध हुँदा त्यसको असर रसुवागढी नाकाबाट हुने अन्तर्राष्ट्रिय व्यापारमा पुगेको छ । यस भेगमा बिजुलीसमेत अवरुद्ध थियो । तर, शुक्रबारबाट बिजुली भने आएको छ ।

इन्टरनेट सेवा अवरुद्ध हुँदा नेपाल आयात भएका सयभन्दा बढी नेपाली गाडीको जाँचपास रोकिएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए । ‘विद्युत् फोनचाहिँ बल्ल आयो, तर इन्टरनेट आएको छैन, फरक–फरक इन्टरनेट जोडेका छौँ, यसअघि एउटा जाँदा अर्को हुने गथ्र्यो भने अहिले त नेपाल टेलिकम र सुबिसु दुवैको इन्टरनेट छैन, उनले भने एनसेलको डाटा प्रयोग गरी काम गर्ने प्रयास गरिएको र यसले पनि काम नगरेको उनले जानकारी दिए । 

अनलाइन सिस्टममार्फत भन्सार जाँचपास हुने भएकाले इन्टरनेट नहुँदा भन्सार जाँचपासको काम प्रभावित भएको उनले बताए । ‘इन्टरनेट नभई सिस्टम चल्दैन, उनले भने, सयवटा नेपाली गाडी लाइनमा छन्, जसमध्ये १५ वटामा स्याउ छ, 

चिनियाँ पक्षले आफ्नै गाडीमा नेपाली भूमिसम्म नियमित सामान आयात गरिरहेका छन् । चिनियाँ एउटा गाडीमा आएको सामान नेपाली दुईवटा गाडीमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । 

व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार भन्सारमा आएर बसेको गाडी सम्बन्धित ठाउँमा पुगेका छैनन् । मनसुनले खोला बढेका कारण सुरक्षित स्थानमा राख्नसमेत समस्या भएको उनको भनाइ छ । उनका अनुसार बाटो राम्चेदेखि टिमुरेगढीसम्म नै जोखिमपूर्ण रहेको उनले बताए । ‘कतिवेला कता के हुन्छ थाहा छैन, पानीको बहाव बढेपछि खोलाले सडक कटान गरी भासिएको छ, उनले भने । 

एकै ठाउँमा लामो समय गाडी रोकिने भएकाले गाडीभित्र पानी छिरेर सामग्री बिग्रने समस्या बढेको व्यवसायीको गुनासो छ । उता, नाका जोड्ने सडकसमेत १ असारबाटै अवरुद्ध छ । 

लगातारको वर्षाका कारण सडक अवरुद्ध हुने गरेको छ । स्याउबारीदेखि टिमुरेसम्मको सडकमा दैनिकजसो ढुंगा खस्ने तथा पहिरो गइरहेको छ । सडक सुचारु गरे पनि लगातारको वर्षाले सडक छिनछिनमा अवरुद्ध हुने गरेको प्रहरीले जनाएको छ । पाँच दिनदेखि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध हुँदा करिब २५ वटा मालवाहक कन्टेनर बीचमै रोकिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । अवरुद्ध सडक सुचारु गराउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।