१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
एजेन्सी
२o८१ जेठ ५ शनिबार ११:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

युरोकप २०२० : इटाली प्रिक्वार्टरफाइनलमा पुग्ने पहिलो टोली

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:o२:oo

इटाली युरोकप २०२० को प्रिक्वार्टरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । बुधबार भएको खेलमा स्विट्जरल्यान्डलाई ३–० गोलले पराजित गर्दै इटालीले समूह ‘ए’बाट प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । 

रोमास्थित घरेलु मैदानमा इटालीको जितमा इमान्युइल लोकाटेल्लीले दुई गोल गरे । लोकाटेल्लीले खेलको २६औँ मिनेटमा टोलीका लागि पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ५२औँ मिनेटमा दोस्रो गोल थप्दै उनले टोलीलाई २–० ले अघि बढाए । 

खेलको ८९औँ मिनेटमा सिरो इमोबिलले गोल गरेपछि इटालीको जित ३–० ले निश्चित भएको थियो । लगातार दुई जितसँगै इटाली समूह एको शीर्ष स्थानमा पुगेको छ । उसको ६ अंक छ । इटालीले आफ्नो पहिलो खेलमा टर्कीलाई पराजित गरेको थियो । 

समूह ‘ए’मा वेल्स चार अंकसहित दोस्रो, स्विटजरल्यान्ड एक अंकसहित तेस्रो र अंकविहीन टर्की पुछारमा रहेका छन् । यससँगै इटालीले उपाधिमाथि बलियो दाबेदारी प्रस्तुत गरेको छ । 

रोबर्टाे मान्सिनीको टोली अज्जुरी आफ्नो पछिल्लो २९ खेलदेखि अपराजित छ । जसमा उनीहरूले ८० गोल गरेका छन् । उनीहरूको त्यो लय युरोकपको समूहगत चरणसम्म पनि देखिएको छ । 

समूहको अन्तिम चरणको खेलमा अब इटालीले गारेथ बेलको कप्तानीमा रहेको वेल्ससँग खेल्नेछ । साही दिन स्विट्जरल्यान्डले टर्कीसँग खेल्नेछ  ।
 

ad
ad