मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ जेठ २९ शनिबार
  • Friday, 14 August, 2026
गणेश लम्साल विराटनगर
२o७८ जेठ २९ शनिबार १३:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नीति तथा कार्यक्रमको समर्थनमा बोल्न चिठी लेखेर दबाब दिएको भन्दै  सत्ता पक्षकै सांसदको आपत्ति

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ जेठ २९ शनिबार १३:o८:oo

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको समर्थनमा बोल्न चिठी लेखेर दबाब दिएको भन्दै सत्ता पक्षका सांसदहरूले आपत्ति जनाएका छन् । 

शनिबार प्रस्तुत नीति कार्यक्रमको छलफलमा बोल्दै सत्तारुढ  दल एमाले सांसद उपेन्द्रप्रसाद घिमिरेले संसदमा बोल्ने विषयमा संसदीय दलबाट पत्र नै लेखेर सत्ता पक्षका सांसदहरूलाई दबाब दिनु आश्चर्यजनक भएको बताए । 

सांसद घिमिरेले सत्ताधारी दलका सांसदलाई नै चिठी लेखेर नीति कार्यक्रमको समर्थनमा मात्र बोल्न दबाब दिनु नागरिकको सूचनाको हकविपरीत भएकाे बताए । संसदमा बोल्दा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर विश्लेषण र आलोचना गर्ने सार्वभौम अधिकार हो भन्दै उनले भने, ‘म सत्तापक्षको सांसद हुँ र मलाई नै यसरी चिठीमार्फत  समर्थनमा मात्र बोल्न भनेर प्रमुख सचेतकज्यूले दबाब दिनुभएको छ, यहाँभन्दा उदेकलाग्दो कुरो के हुन्छ ?’

सांसद घिमिरेले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम ‘ढाँटको निम्तो खाइपत्याउने’ खालको नीति कार्यक्रम गरिबी निवारणमुखी नभएर दलाल पुँजीपतिलाई संरक्षण गर्ने खालको मात्र भएको आरोप लगाए ।