
नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होन्डाको सिबी ३५० डिएलएक्स सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङ कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योतिले युट्युबमा प्रिमियर गरिएको एक भिडियोमार्फत यस बाइकलाई मंगलबार नेपाली बजारमा सार्वजनिक गरिएको हो ।
नेपालमा होन्डाको सिबी मोडलका बाइकले विशेष पहिचान बनाएको कम्पनीको दाबी छ । सिबी ३५० डिएलएक्सले पनि नेपाली बाइकरहरूको मनमा एक छुट्टै स्थान बनाउन सफल हुनेमा विश्वस्त रहेको होन्डाले जनाएको छ । ३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरूका लागि ३५० सिसीको यो बाइक निर्माण गरिएको कम्पनीको दाबी छ ।
बाइक सिंगल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्ल्याल्क गरी ३ विभिन्न रङमा उपलब्ध रहेको जनाइएको छ । यसमा रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल कनसोल, रिङ टाइप विंकरसहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एन्ड सिल्पर क्लच डिजिटल मिटर, लामो र आरामदायी सिट यो बाइकको विशेषता रहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा यसको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।